समाज

म्याग्दी नदीमा पुल बनेपछि स्थानीय बासिन्दा लाभान्वित

असार २५, २०७३

    म्याग्दी: बेनी नगरपालिका १३ र बरङ्जा गाविस–२ को सिमानामा पर्ने म्याग्दी नदी माथि यस वर्ष दुई वटा झोलुङ्गे पुल निर्माण भएका छन्। 

    तातोपानी बजारमा रु ३७ लाख ४१ हजार ८३२ को लागतमा १०३ मिटर र पखेरको जलुकेमा रु ३७ लाख ३७ हजार ५९८ लगानीमा ८७ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो। 

    जिविस र गाविस अनुदान तथा सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा झोलुङ्गे पुल निर्माण भएको हो। तातोपानी बजारको झोलुङ्गे पुलबाट ६१७ र जलुके पुलबाट एक हजार ५११ घरधुरी बासिन्दा लाभान्वित हुने उपभोक्ता समितिले जनाएको छ। 

    पुल निर्माण भएपछि बरङ्जा गाविसको ९ नम्बरबाहेक सबै वडा र बेनी नगरपालिका–१३ का बासिन्दा प्रत्यक्ष लाभान्वित भएका तातोपानी झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए। 

    उनका अनुसार पखेर र तातोपानीको जलुके जोड्ने काठको झोलुङ्गे पुल जीर्ण हुँदा स्थानीय बासिन्दा जोखिम मोलेर वारपार गर्दै आएका थिए। अहिले सुरक्षित पुल निर्माण भएपछि ढुक्क भएर वारपार गर्न पाउँदा स्थानीय बासिन्दाले सहज महसुस गरेका अध्यक्ष शाक्यले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]