मनोरञ्जन

सलमान खानविरूद्ध मुद्धा, 'सुल्तान'को कथामा रोयल्टी नदिएको आरोप

असार २५, २०७३

    गत जुलाई ६ मा सार्वजनिक भएको चलचित्र 'सुल्तान'को चर्चा सबैतिर भइरहेका बेला सोही चलचित्रको कारण सलमान खानका लागि एउटा संकट निम्तिएको छ। 

    सलमान खान, अनुष्का शर्मा, र चलचित्रका निर्देशक अरबाज अब्बासविरूद्व एक मुद्दा दर्ता भएको छ। मुद्धामा मोहम्मद साबिर अन्सारीले चलचित्र आफ्नो जीवनको कथा भएको आरोप लगाएका छन्। उनले चलचित्र बनाएर २० करोड भारतीय रूपैयाँको रोयल्टी हडपेको आरोप लगाएका छन्। 

    उनले सलमान र अन्यमाथि सिजेएम अदालतमा मुद्धा दर्ता गरिएको हो। उक्त मुद्धामा मुजफ्फरपुरका मोहम्मद सविरले उक्त चलचित्रको निर्माण सन् २०१० मा सुरू भएको थियो। सबिरका अनुसार निर्देशक अब्बासले सन् २०१० मा बोलाएर चलचित्र बनाउने विषयमा कुरा गरेका थिए। 

    यसको कथा उनको जीवनमा आधारित भएको कारण २० करोड भारतीय रूपैयाँ रोयल्टी दिने सहमति भएको थियो। सबिरले उनले रोयल्टीको रकम नपाएको आरोप लगाएका छन्। यसकारण उनले चलचित्रको कथा दिनबाट अस्वीकार गरेका थिए। 

    तर, बिहीबार उनले शहरको एक चलचित्र भवनमा सुल्तान हेर्दा चलचित्र आफ्नो कथामा बनेको पाएको बताएका छन्। 

    सबिरले अदालतमा मुद्दा दर्ता भएको जनाएका छन् । यसको सुनुवाई १२ जुलाईमा हुने उनले बताएका छन्। उनको तर्फबाट वकिल सुधीर कुमार ओझाले सलमान खान, अनुष्का शर्मा र निर्देशक अब्बासलाई आरोपी बनाएका छन्। 

    सुल्तानको कथा अब्बासले लेखेका हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]