राजनीति

विहान प्रधानमन्त्री र प्रचण्डको भेट, बेलुका सत्तारुढ दलको बैठक

छलफलमा राष्ट्रिय सहमतिको सरकार

फाइल फोटो
असार २५, २०७३

    काठमाडौं: राष्ट्रिय सहमतिको सरकार गठन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन्। 

    संविधान कार्यान्वयन र यही सरकारलाई कसरी राष्ट्रिय सहमतिको सरकार बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शनिबार साँझ ६ बजे सत्तारुढ दलहरुको बैठक बोलाएका हुन्। 

    प्रधानमन्त्रीले यसै विषयमा शनिबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका थिए। प्रचण्डसँगको छलफलमा पनि संविधान कार्यान्वयन र यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए। 

    'संविधान कार्यान्वयन र यही सरकारलाई राष्ट्रिय सहमतिको बनाउने विषयमा छलफल भएको हो' उनले भने 'त्यसै विषयमा छलफल गर्न प्रधानमन्त्रीले बेलुका सरकारमा सहभागी सबै दलको बैठक बोलाउनुभएको हो।' 

    नेकपा माओवादी केन्द्रले बजेट पारित भएपछि सरकार परिवर्तन गर्ने निर्णय गरेको सन्दर्भमा प्रधानमन्त्रीले सबै सत्तारुढ दलहरुसँग छलफल गर्न लागेका हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]