छापा

‘थ्रेसहोल्ड’ नहुँदाको फाइदा एकसिटे दललाई, संधै सरकारमा हालीमुहाली

माघ १९, २०७३

    काठमाडौं : राजनीतिक दलसम्बन्धी व्यवस्थामा ‘थ्रेसहोल्ड’ नहुँदा एकसिटे दलको ‘बार्गेनिङ’ बढेको छ। ०६४ पछिका प्राय: हरेक सरकारमा उनीहरूको सहभागिता रहेको छ।

    राज्यको स्रोत–साधनमाथि पहुँच बढाउन एकसिटे दलका नेताहरूले आफ्नो स्वार्थअनुकूल पार्टी विभाजन गर्ने र मन्त्री बन्नेसम्मका घटना पटक–पटक दोहोरिएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा एक\एक सिट भएका समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड पार्टी नेपालका अध्यक्ष कुमार खड्का मन्त्री बनेका छन्।

    ०६४ को पहिलो संविधानसभा निर्वाचनमा मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएयता मन्त्रिपरिषदमा एकसिटे दलका नेताहरूको हालीमुहाली सुरु भएको हो। खासगरी सत्ता गठबन्धन परिवर्तनका लागि एकसिटे दलहरूलाई प्रमुख भनिएका दलहरूले निर्णायक बनाउने गरेका छन्।

    थ्रेसहोल्डबारे दलहरूबीचको विवाद अझै टुंगिएको छैन। कांग्रेस, एमाले र माओवादी केन्द्र थ्रेसहोल्ड राख्न सहमतिनजिक पुगेका छन्। राप्रपा अध्यक्ष कमल थापाले पनि आफ्नो पार्टी ३ प्रतिशत थ्रेसहोल्डको पक्षमा रहेको बताएका छन्, तर साना दलले मानेका छैनन्। उनीहरू संगठित रूपमै थ्रेसहोल्डको विरोध गरिरहेका छन्।

नयाँ पत्रिका

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]