काठमाडौं : दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको ज्यान गएको छ। बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको बस बिह...
कश्मिर : हिज्बुल मुजाहिद्दिनका कमाण्डर बुरहान बानीलाई शुक्रबार मारिएको विरोधमा भारत प्रशासित कश्मिरमा शनिबार स्थानीय प्रदर्शनकारीले सरकारद्वारा घोषणा गरिएको निशेधाज्ञा तोड्दै प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा ११ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने १ सय जना भन्दा बढी घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । प्रदर्शनकारी र प्रहरीबीचको मुठभेडका क्रममा ११ जनाको मृत्यु भएको र झडपमा करिब ९० प्रहरी समेत घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रदर्शनकारीहरूले ३ वटा प्रहरी चौकीमा समेत आगो लगाइदिएका छन्।
सरकारी अधिकारीले मृत वानीका शवलाई शनिबार उनको परिवारलाई बुझाएका थिए। दशौँ हजार मानिसको उपस्थितिमा उनको शवलाई शनिबारै अन्तेष्टि गरिएको छ।
सरकारले शनिबार भारत प्रशासित काश्मिरको ठूलो इलाकामा कफ्र्यू आदेश घोषणा गरेको थियो। कफ्र्यू आदेश घोषणा भएको इलाकामा पनि अन्तेष्टिका लागि प्रयोग गरिने मार्गलाई प्रशासनले प्रदर्शनकारीको आवातजावतमा रोक नलगाएको काश्मिर इलाकाका प्रहरी महानिर्देशक के राजेन्द्रले बताए।
भारतीय गृहमन्त्री राजनाथ सिंहले मानिसहरूलाई शान्ति कायम गर्नका लागि अपिल गरेका छन्। उनले पत्रकारहरूसँगको कुराकानीमा भने, 'म कश्मिरका मानिसहरूसँग अपिल गर्छु कि राज्यमा शान्ति र कानुनी व्यवस्था कायम राखौँ।'
'कश्मिरमा उग्रबवादको नयाँ अनुहार' भनिने २१ वर्षीय बानी श्रीनगरबाट करिब ४५ माइल टाढा अन्नतनागमा मारिएका थिए। प्रहरी प्रमुख के राजेन्द्रले भने, 'बुहरान र उनका दुई साथी अपरेशनमा मारिएका छन्।'
हिंसा थप बढ्न सक्ने आशंकाका साथ अधिकारीहरूले इन्टरनेट र फोन सेवामाथि अस्थायी प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। यस्तै, परीक्षाहरू स्थगित गरिएको र अन्य राज्यबाट आवतजावत गर्ने रेलहरूलाई पनि रोकिएको छ।
कश्मिरमा फैलिएको तनावपछिको स्थितिलाई मध्यनजर राख्दै अमरनाथ यात्रालाई स्थगित गरिएको छ।
तस्विर : एपी
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।