काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। गत मंगलबा...
काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा रहेको नयाँ शक्ति नेपालले आइतबार निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ।
आज दिउँसो १२ बजे कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर दल दर्ता गर्न लागेको नेता खिमलाल देवकोटाले जानकारी दिएका छन्। उनका अनुसार पार्टीका केन्द्रीय कार्यसमिति सदस्य र परिषद् सदस्यहरू भूकुटीमण्डपमा भेला भएर निर्वाचन आयोग जानेछन्।
उनले भने, 'हामी ११ बजे भृकुटीमण्डपमा भेला हुन्छौँ। त्यहाँबाट निर्वाचन आयोग गएर करिब १२ बजे दल दर्ता गर्ने कार्यक्रम छ।' 'हामी ११ बजे भृकुटीमण्डपमा भेला हुन्छौँ। त्यहाँबाट निर्वाचन आयोग गएर करिब १२ बजे दल दर्ता गर्ने कार्यक्रम छ।'
गत जेठ ३० गते दशरथ रंगशालामा एक भव्य कार्यक्रमको आयोजान गरी पार्टी घोषणा गरेको नयाँ शक्तिले आज दल दर्ता गर्न लागेको हो।
तत्कालिन एमाओवादी छाडेर डा. बाबुराम भट्टराईले नयाँ शक्ति नेपालको स्थापना गरेका हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।