धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पितृशोक परेको छ। नेता शाक्यका पिता तथा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराका ससुरा तीर्थबहादुर शाक्यको आइतबार निधन भएको हो।
वि.सं. १९७८ वैशाख १९ गते काठमाडौंको झोंछेमा जन्मिएका नेता शाक्यका पिता तीर्थबहादुर मुटु, दम र नशाको रोगबाट पीडित थिए। चार छोरी र तीन छोराका पिता उनको जेठ १२ गतेदेखि सीतापाइलास्थित मनमहोहन मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको थियो।
यसैबीच नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मीका पिता पार्टीका शुभचिन्तक भूमिगतकालदेखिका सहयोगी एवं समाजसेवी तीर्थबहादुर शाक्यको निधनले पार्टीले एकजना असल अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गरेको छ। एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले आइतवार विज्ञप्ती जारी गरी दिवंगत शाक्यप्रति श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।