विश्व

फुटबलर पेलेको विवाहमा पनि ह्याट्रिक

Getty Image
असार २६, २०७३

    फुटबलका प्रेमीहरूका लागि पेले नौलो नाम होइन। पेलेलाई नचिन्ने फुटबलका फ्यान सायदै होलान्। पेलेले नै ब्राजिललाई तीन पटकसम्म विश्वकप दिलाउन सफल भएका थिए। यसरी देशलाई ३ पटकसम्म विश्वकप दिलाउन सफल भएका पेलेले विवाहमा पनि ह्याट्रिक गर्ने भएका छन्।

    ७५ वर्षको उमेरमा उनले तेस्रो विवाह गर्न लागेका छन्। फूटबलर पेलेले आगामी मंगलबार व्यापार गर्दै आएकी मार्सिया सिबेले अओकीसँग साओ पाउलोमा सानो कार्यक्रममा विवाह गर्न लागेका हुन्। उनको यो तेस्रो विवाह हो।

    यी दुईबीच भेट १९८० को दशकमा न्युयोर्कमा भएको थियो तर, सन् २०१० देखि भने दुईबीच प्रेम सुरु भएको थियो। यसपछि उनीहरू निरन्तर डेटिङमा छन्। जापानकी अओकीसँग उनले निरन्तर रूपमा सन् २०१२ देखि भेट्दै आएका छन् भने उनीहरू अस्पताल जाने क्रममा पनि साथै देखिने गरेका छन्।

    उनीहरूले केही वर्षयता विवाह गर्ने सोच बनाएका थिए, तर पेलेको निरन्तर स्वास्थ्य समस्याका कारण उनीहरूको त्यो सोच यथार्थमा परिणत हुन सकेको थिएन। पेलेले आफ्नो करिअरमा खेलेका १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८१ गोल गरेका छन्।

    उनले ब्राजिलका लागि ९१ वटा खेल खेलका थिए र तीन वटा विश्वकप जिताउनका लागि मुख्य भूमिका निर्वाह गरेका थिए। उनले गरेका अघिल्ला दुई विवाहहरू १०-१० वर्षसम्म कायम रहेको थियो। पहिलो पत्नीबाट उनका तीन सन्तान छन् भने दोस्रो पत्नीबाट दुई सन्तान छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]