राजनीति

प्रदेश मुख्यमन्त्री र प्रमुखको पारिश्रमिक निर्धारण गर्न सरकारको गृहकार्य
SHARES

संघीय प्रदेशहरु।
असार २६, २०७३

    काठमाडौं : सरकारले सङ्घीय प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक एवम् सुविधा निर्धारणका लागि गृहकार्य सुरु गरेको छ। 

    मन्त्रिपरिषद्को आइतबारको बैठकले प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी विधेयक तर्जुमा गर्नका निम्ति सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता शेरधनराईले जानकारी दिए।

    चीनलाई गैँडा उपहार 

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारलाई दुई जोडी वयस्क गैँडा उपलब्ध गराउने निर्णय गरेको छ। चीन सरकारको आग्रहमा वन तथा भूसंरक्षण मन्त्रालयले गैँडा उपलब्ध गराउन लागेको हो। 
    प्राकृतिक प्रजनन, अध्ययन, अनुसन्धान संरक्षण र शिक्षा प्रवर्द्धनका लागि दुई दुई भालेपोथी उपलब्ध गराइने सूचना तथा सञ्चारमन्त्री राईले बताए।

    त्यस्तै सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (सुनसरी) लाई विशिष्ट स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक यान्त्रिक औजार खरिद गर्न रु २० करोड थप पुँजीगत अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। 

    बैठकले नेपाल कानुन आयोगका अध्यक्षमा पूर्वसचिव माधव पौडेललाई नियुक्त गर्ने तथा इन्जिनियरिङ क्लस्टरबाट रामानन्दप्रसाद यादवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। 

    नेपाली सेनाका १० प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरी पदस्थापन गर्नाका साथै १६ महासेनानी दर्जाका अधिकृतलाई विभिन्न एकाइमा सरुवा गर्ने निर्णय समेत भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]