राजनीति

संविधान संशोधन गरेर सबैका माग सम्बोधन गर्नुपर्छः प्रचण्ड

फाइल फोटोः दीपक केसी/थाहाखबर
असार २६, २०७३

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्नुपर्ने बताएका छन्। माओवादी निकट पाँचवटा बुद्धिजीवी संगठनको एकता कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले देशमा उठेका सबै आन्दोलनहरुको अगुवाइकर्ता माओवादी भएकोले उनीहरुका माग सम्बोधन गर्न पहल गर्ने बताए।

    ‘हरेक आन्दोलन माओवादी विचारले निर्माण गरेको हो मधेस, थारुवान, जनजाति सबैका माग संविधान संशोधन गरेर सम्बोधन गर्नुपर्छ’, प्रचण्डले भने, ‘नयाँ राजनीतिक महौल निर्माण गर्ने जिम्मा माओवादीले लिनुपर्छ।‘

    प्रचण्डले अब माओवादी हरेक घरधुरीमा पुगेर जनतासँग सम्वाद गर्ने बताए। ‘महाधिवेशनअगाडि माओवादी सबै जनताको घरमा पुग्छ। हामीबाट भएका गल्तीका लागि माफी माग्छौँ’, उनले भने, ‘जनतासँग एकपटक मौका दिनुस् भनेर एकताबद्ध भएर हामी सबैको घरमा पुग्नेछौँ।‘

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]