स्वास्थ्य

प्रधानमन्त्रीले बोलाएको वार्तामा गएनन् डा. केसी, भन्छन्- त्यहाँ के हुन्छ मलाई थाहा छ

photo : thehimalayantimes.com
असार २६, २०७३

    काठमाडौं  : चिकित्सा शिक्षा सुधारका बिभिन्न माग राखेर अनसन बस्ने तयारीमा रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले आफु प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको वार्तामा नजाने बताएका छन्।

    शिक्षण अस्पतालमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफुलाई बेबकुफ बनाउन मात्र बार्तामा बोलाएकाले नगएको स्पष्टीकरण दिएका छन्। 'त्यहाँ के हुँदैछ भन्ने मलाई थाहा छ म शक्ति सञ्चयका लागि यतै बसेको हुँ' उनले भनेका छन्।

    केसीले वार्ताका लागि प्रतिनिधि भने पठाएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले अनसन बस्ने तयारीमा रहेका केसीलाई आइतबार बार्तामा बोलाएका थिए। केसीले आइतबार नै ४ बजेपछि अनसन बस्ने बताएका छन्। 

जयसिंह महरा

महरा २०७६ मंसिर १५ सम्म थाहा खबरमा कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]