काठमाडौं : पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ। गएराति जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने मिथिला नगरपालि...
गुल्मी : गुल्मीको हस्तिचौरमा आयोजित धार्मिक तथा शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। जिल्लाको हस्तिचौरमा रहेको हिमालय उच्च माविमा प्राविधिक कक्षसहित क्याम्पस सञ्चालन गर्ने उद्देश्यले माघ २५ गतेबाट फाल्गुन २ गतेसम्म सञ्चालन हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मूल आयोजक समितिका अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए।
महोत्सवको उद्घाटन स्वास्थ्य मन्त्री गगन थापाले गर्ने तय भएको छ। हस्तिचौर र यस आसपासका ग्रामिण क्षेत्रका विपन्न पारिक पृष्ठभूमिका बालबालिकाहरुको समेत प्राविधिक शिक्षाका साथै उच्च शिक्षामा पहुँच पु¥याउने उद्देश्यले महोत्सव हुन लागेको आयोजकले जनाएको छ। महोत्सव सम्पन्न गर्न झण्डै ४० उपसमितिहरु गठन भएका छन्। यसक्रममा अन्तर्राष्ट्रिय कथावाचक गोविन्द शरणज्यू महाराजले कथा बाचन गर्ने आयोजकले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।