काठमाडौं : देशका केही भागमा मंगलबार पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बि...
पर्वत : बाग्लुङको अधिकारीचौरमा घर आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ। अधिकारीचौर गाविस घैयाखेत बगाहा भन्ने ठाउँमा सोमबार बिहान गोठ आगलागी हुँदा ७ वर्षीय यमलाल विक र उनकी बहिनी २ वर्यया सम्झनाको मृत्यु भएको बाग्लुङका प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले जानकारी दिए।
उनीहरु बस्दै आएको अस्थायी गोठमा चुलोमा बालेको आगो अचानक चलेको हावाले छानोमा सल्किएको थियो। आमा पारु विक घाँस काट्न बारीमा गएको र बालबालिकामात्रै घरमा भएका बेला आगलागी भएको थियो।
बस्तीदेखि टाढा रहेको गोठमा उनीहरुले हारगुहार नपाउँदा जलेर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ। उनीहरुका बाबु ओमबहादुर बैदेशिक रोजगारीमा छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।