काठमाडौं : पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ। गएराति जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने मिथिला नगरपालि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सप्तरीका प्राविधिक सहायक वीरेन्द्र कुसियतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार प्राविधिक सहायक कुसियतले राष्ट्रिय प्राथमिक विद्यालय, सप्तरीमा कार्यरत शिक्षक मनोजकुमार यादवसँग जिल्लान्तर सरुवा सहमति दिएबापत ४० हजार रुपैयाँ घुस लिँदालिँदै केही दिन पहिले पक्राउ परेका थिए।
आयोगले आरोपी कुसियत उपर बिगो ४० हजार रुपैयाँ कायम गरी हदैसम्मको कारबाहीको माग गरेको छ।
यस्तै, आयोगले जिल्ला विकास समिति कार्यालय, कैलालीको विकास समितिअन्तर्गतको खरिदार पदमा कार्यरत गुनसिंह चौधरीले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
चौधरीले दीपेन्द्र मावि कैलालीबाट २०४५ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएकाले हदैसम्मको कारबाहीको माग गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।