राजनीति

विद्युतीय मतदानबारे बुझ्न प्रधानमन्त्री निर्वाचन आयोग जाँदै

माघ २५, २०७३

    काठमाडौं‌ : स्थानीय तहको निर्वाचनको तयारी भइरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विद्युतीय मतदान प्रणालीबारे जानकारी लिने भएका छन्। स्थानीय निर्वाचनमा विद्युतीय प्रणालीको प्रयोग गर्न सक्ने ठाउँहरु र विद्युतीय मेसिनको उपलब्धताबारेमा छलफल गर्न प्रधानमन्त्री निर्वाचन आयोगकै कार्यलयमा जाने तय भएको उनको सचिवालयले जनाएको छ।

    बिहान ११ बजे निर्वाचन आयोगको कार्यलयमा पुगी प्रधानमन्त्री प्रचण्डले प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा कर्मचारीसंग विद्युतीय मतदान प्रणालीबारे छलफल गर्नेछन्। सरकारले आगामी जेठको १० गतेभित्र चुनाव गर्ने गरी तयारीमा रहन निर्वाचन आयोगलाई पत्राचार गरे पनि चुनावको मिति भने घोषणा भएको छैन। जसका कारण चुनाव हुने/नहुने नै अन्यौल छ।

    प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरुले तत्काल चुनावको मिति घोषणा हुनुपर्ने बताउँदै आएका छन् भने, मधेसी दलहरु संविधान संशोधन नभइ चुनाव हुन नदिने अडानमा छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]