समाज

लकडाउनमा सुत्केरीलाई पोसिलो खानेकुरा दिँदै मालिका गाउँपालिका

बैशाख १५, २०७७

    म्याग्दी : मालिका गाउँपालिकाले लकडाउनबाट प्रभावित सुत्केरी आमाहरुलाई पोषिलो खानेकुरा सहितको कोशेली अभियान शुरु गरेको छ।

    कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न नेपाल सरकारले जारी गरेको लकडाउनका कारण पोषिलो खानेकुराबाट बञ्चित नहोऊन् भन्ने उद्देश्यले सुत्केरी आमाहरुलाई पोषिलो खानेकुरा उपलब्ध गराउन म्याग्दीमा  सुत्केरीलाई कोशेली अभियान शुरु गरेको हो।

    गाउँपालिकाभित्र गत साउन महिनायता सुत्केरी भएका ४ सयजना आमाहरुलाई उपाध्यक्षसँग स्वास्थ्य कार्यक्रमअन्तर्गत सुत्केरीलाई घरघरमा कोशेली अभियान संचालन गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिइन्।

    एक क्रेट अण्डा, एकमाना घिऊ,जुवानो र मेथि सहितको कोशेली लिएर उपाध्यक्ष लगायतका वडाका जनप्रतिनिधिहरु सुत्केरीको घरघरमा नै गएर सुत्केरी आमाहरुलाई प्रदान गर्ने गरेका मालिका ५ देविस्थानकी विष्णु फगामीले बताइन्।

    उपाध्यक्षसंग स्वास्थ्य कार्यक्रमका लागि गाउँपालिकाले रु २० लाख विनियोजन गरेको छ। सोही रकमबाट मालिका गाउँपालिकामा गर्भवती र सुत्केरी महिलाहरुका लागि विभिन्न कामहरु हुँदै आएका गाउँपालिकाले जनाएको छ।

    मालिका गाउँपालिकामा उपाध्यक्षसंग स्वास्थ्य कार्यक्रम निकै प्रभावकारी भएको स्थानीयले बताएका छन्। ‘यो कार्यक्रम संचालन भएपछि गर्भवती,सुत्केरी,असहाय,गरिब,दलित  महिलाहरुलाई निकै सुविस्ता भएको छ‘ बिमकी अमकुमारी जुग्जालीले भनिन्।

    उपाध्यक्ष बिटालुका अनुसार उपाध्यक्षसंग स्वास्थ्य कार्यक्रम अन्तर्गत सुत्केरी भेटघाट,गर्भवती महिलालाई पोषण,सुनौलो हजार दिनका आमासंग उपाध्यक्ष,स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन भत्ता,भिआईए परीक्षण र सुत्केरी हुन स्वास्थ्य संस्थामा जान चाहने महिलालाई निशुल्क एम्बुलेन्स सेवा आदि रहेका छन्।

    शनिवारदेखि मालिका गाउँपालिकाको केन्द्र दरबाङबाट शुरु भएको सुत्केरी उपहार कार्यक्रम क्रमशः सबै वडामा संचालन गरिने उपाध्यक्ष बिटालुले बताइन्। शनिवार साउनयता सुत्केरी भएका २५ जना आमाहरुलाई कोशेली प्रदान गरिएको छ। गाउँपालिकाका ७ वटै वडामा साउन महिनायता सुत्केरी भएका ४ सय जना आमाहरुको लगत संकलन भएको र उनीहरुसबैलाई पोषिलो कोशेली प्रदान गरिने उपाध्यक्ष बिटालुले जानकारी दिइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]