काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
मुगु : छायानाथ रारा नगरपालिकाले लकडाउनका कारण सुर्खेत र नेपालगञ्जमा अलपत्र परेका नागरिकलाई उद्धार गरेको छ।
लकडाउनका कारण अलपत्र परेका मुगुका ३ सय जना नगरपालिकाका स्थानीयवासीलाई स्थानीय सरकार छायानाथ रारा नगरपालिकाले उद्धार गरेको हो।
छायानाथ रारा नगरपालिकाले अलपत्र परेका नागरिकको लागि मुगुसम्म पुग्नका लागि बस भाडा तिरेर उद्दार गरेको हो।
औषधि उपचार, पढ्न गएका विद्यार्थी, व्यापारलगायत अन्य कामको सिलसिलामा नेपालगञ्ज र सुर्खेतमा रहेका नगरवासीले अलपत्र परेका र उद्धार गर्न अनुरोध गरेको थियो। छायानाथ रारा नगरपालिकाका ३ सय भन्दा बढी स्थानीयवासीहरुलाई ५ वटा गाडीमा नि:शुल्क मुगुसम्म उद्दार गरेको हो।
उद्दार गरिएका नगरवासीलाई छायानाथ नगरवासीहरुलाई कोरोना भाइरससम्बन्धी नगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य हेल्प डेस्कबाट स्वास्थ्य परीक्षण गरिएको छ।
यस्तै, काठमाडौमा रहेका नगरवासीहरु अहिलेसम्म ६ सयभन्दा बढी जना सम्पर्कमा आएको र उनीहरूलाई पनि सोमबारबाट उद्दार गर्ने तयारी भइरहेको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजङ शाहीले बताए।
स्थानीय सरकार छायानाथ रारा नगरपालिकाले नेपालगञ्ज र सुर्खेतबाट मुगुसम्म पुग्न बस भाडा व्यहोरेको छ। संकटको बेला स्थानीय सरकारले गरेको सहयोगबाट स्थानीयवासी खुसी देखिएका छन्।
मुगु जिल्लाका अन्य ३ गाउँपालिका मध्ये खत्याड गाँउपालिकाले काठमाडौं,नेपालगन्ज,सुर्खेत र अन्य जिल्लामा रहेका स्थानीयवासीहरुको लगत संकलन गरी जो जहाँ बसेका छन सोही ठाउँमा राहत उपलब्ध गराउने निर्णय गरेको छ।
यस्तै, सोरु र मुगमकामारोङ गाउँपालिकाले अलपत्र परेका नागरिकहरुको लगत डाटा संकलन गरी बास भाडा तिरिदिएर आ-आफ्ना स्थानीयवासीलाई घर फर्काउने तयारी गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।