समाज

उद्धार गर्दै क्‍वारेनटाइनमा राख्दै स्थानीय सरकार

सल्यानमा १ हजार १ सय ८७ जना क्‍वारेनटाइनमा

बैशाख १५, २०७७

    सल्यान : सल्यानमा अन्तरजिल्ला तथा विदेशबाट आएका एक हजार एक सय ८७ जनालाई क्‍वारेनटाइनमा राखिएको छ। लकडाउनको अवधिमा बाहिरबाट आएकालाई अनिवार्य क्‍वारेनटाइनमा राख्न स्थानीय प्रशासनले निर्देशन गरेअनुसार सबै स्थानीय तहले क्‍वारेनटाइनमा राखेका हुन्।

    जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार लकडाउन अघि र पछिको समयमा जिल्लामा आउनेमा बढीजसो मजदुर रहेका छन्। इँटाभट्ट, उद्योग, पूर्वाधारका योजना र राजधानीमा काम गर्नेहरु लामो समय लकडाउन भएपछि उता बस्न असजिलो भएपछि घर फर्किएका हुन्।  

    क्‍वारेनटाइनमा सबैभन्दा धेरै कपुरकोट गाउँपालिकाका मानिस छन्। कपुरकोट गाउँपालिकामा मात्र ८ सय ४९ जना क्‍वारेन्टाइनमा छन्। उनीहरुलाई विद्यालय तथा सामुदायिक वनका भवनमा राखिएको छ। 

    जहाँ ५ सय ८५ जना पुरुष, र २ सय ६४ महिला छन्। तिनमा ५५ जना बालबालिका र ४ जना गर्भवतीसमेत रहेका कपुरकोट कोभिड १९ फोकल पर्सन देवेन्द्रकुमार सेनले जानकारी दिए। 

    त्रिवेणी गाउँपालिकामा २५, छत्रेश्वरी गाउँपालिकामा २ सय ३, कुमाख गाउँपालिकामा ४, कालिमाटी गाउँपालिका ४ शारदा नगरपालिकामा ९ जना र सिद्ध कुमाख गाउँपालिकामा ३६ जना छन्। उनीहरुको नियमित स्वास्थ्य परीक्षण तथा निगरानी भइरहेको स्थानीय तहहरुले बताएका छन्। 

    भारतलगायत अन्तरजिल्लाबाट आएका व्यक्ति सयौं भए पनि थोरै मात्र क्‍वारेनटाइनमा छन्। क्‍वारेनटाइनमा बस्न आग्रह गरिए पनि नआएपछि होम क्‍वारेनटाइनमा सुरक्षित ढंगले बस्न आग्रह गरिएको बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले बताए। बागचौरमा मात्र झन्डै ५ हजार बढी आएका छन्।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]