स्थानीय निर्वाचन-२०७९

बर्दियामा क्‍वारेन्टाइन भरिए, बाहिरबाट आएकालाई घर पठाइयो

बैशाख १५, २०७७

    बर्दिया : बर्दियामा क्वारेन्टाइन अभाव हुँदा समस्या भएको छ। भएका सबै क्वारेन्टाईनहरु भरिभराउ भएपछि बाहिरी जिल्लाबाट आएकाहरुलाई होम क्वारेन्टाइनमा पठाउन थालिएको छ।

    पछिल्लो समयमा घर फर्केका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने ठाउँ नै छैन। हालै घर फर्केकाहरुलाई क्वारेन्टाइनको अभावमा सिधै घरमै पठाउन थालिएको छ। बर्दियाका अधिकांश पालिकाले समन्वय गरी आफ्ना स्थानीय तहका नागरिक लिन बसको व्यवस्था गरी पठाएका छन्।

    क्वारेन्टाइनको व्यवस्थापन नगरी बाहिरी जिल्लाबाट घर फर्केकाहरुलाई सिधै घर पठाउँदा जोखिम बढेको छ। घर फर्केका केही मानिसहरु घरमा सेल्फ क्वारेन्टाइनमा नबसी यताउती डुल्ने गरेको स्थानीय बताउँछन्। जसका कारण गाउँघरका मानिस त्रसित छन्।

    करिब १२ हजार फर्किए

    बर्दियाका आठ स्थानीय तहमा जम्मा ९१ स्थानमा क्वारेन्टाइन बनाइएको छ। जसमा हालसम्म २ हजार ४ सय ६४ जना मानिस बसिरहेका छन्। तर लकडाउनको अवधिमा झण्डै १२ हजार ८८ जना मानिस घर फर्केको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। स्थानीय तहहरुले प्रयाप्त क्वारेन्टाइनको व्यवस्थापन गर्न नसक्दा उनीहरु सबै घरमै बसेका छन्।

    बर्दियाका ८ वटै स्थानीय तहले जिल्लाभन्दा बाहिर रहेका व्यक्तिहरुलाई उद्धार गरी घर ल्याउने क्रम बढाएका छन्। पछिल्लो समयमा मजदुरी गर्न काठमाडौं, पोखरा लगायतका शहरबाट जिल्लाबाट घर फर्केने मानिसहरुको संख्या बढेको छ। संख्या बढ्दै गएपछि अहिले जिल्लाका सबै क्वारेन्टाइन भरिभराउँ भएका छन्।

    सामुदायिक क्वारेन्टाइन बनाएर राखिँदै

    बारबर्दिया नगरपालिकाले भने सामुदायिक क्वारेन्टाइन बनाएर राखेको छ। सामुदायिक क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई उनीहरुकै घर परिवारबाट खाना र पानीको व्यवस्था मिलाइएको बारबर्दियाका नगरप्रमुख दुर्गाबहादुर थारूले बताए। घर आएकालाई सिधै घर नपठाएर सामुदायिक क्वारेन्टाइनमाबस्ने व्यवस्था गरिएको उनको भनाइ छ।

    बर्दिया जिल्ला भित्रनेको संख्या बढ्दै गएपछि सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव नभएपछि घरमै सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।

    क्वारेन्टाइनमा बसेका सबैको आरडिटी टेष्ट गरिएको छैन। बर्दियाका ८ वटै स्थानीय तहमो क्वारेन्टाइनमा रहेका मध्ये हालसम्म ३ सय ९१ जनाको मात्र आरडिटी टेस्ट गरिएको छ। भने ३६ जनाको स्वाब टेस्ट गरिएको छ।

    आरडिटी गरिएका सबैको रिपोर्ट नगेटिभ आएको र स्वाब टेष्ट गरिएका ३१ जनाको पनि स्वाब रिर्पोट नेगेटिभ भएको बाँकी ५ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए। आरडिटी र भिटिएम किट प्रयाप्त नहुँदा परीक्षणमा ढिलाइ भएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]