स्थानीय निर्वाचन-२०७९

निजी अस्पतालले पनि कोरोना परीक्षण गर्न पाउने

बैशाख १५, २०७७

    काठमाडौं :  अबदेखि निजी रूपमा सञ्चालित अस्पतालहरूले पनि कोरोना भाइरसको नमुना परीक्षण गर्न पाउने भएका छन्। आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालका प्रवक्ता डा विकास देवकोटाले यस्तो जनाकारी दिएका हुन्।

    नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले कोभिड परीक्षणका लागि प्रयोगशालाको न्यूनतम मापदण्डको निर्देशिका जारी गरिएको बताए। उनले भने, ‘प्रयोगशालासम्बन्धी नयाँ निर्देशिका जारी भएको छ योसँगै अब निजी अस्पतालहरूले पनि कोरोना परीक्षण गर्ने पाउने बाटो खुल्नेछ।'

    नेपालमा पछिल्लो २४ घन्टामा २ हजार १ सय ८४ जना कोरोना भाइरस शंकास्पद बिरामीको नमुना परीक्षण भएको छ।

    हालसम्म कुल संक्रमित ५२ मध्ये अहिलेसम्म १६ जना उपचारपछि डिस्जार्च भइरहेका छन्। धनगढीमा १, वीरगञ्जमा ३, भरतपुरमा १ र विराटनगरमा ३१ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताएको छ।

    यस्तै, हालसम्म प्रदेश १ मा ४ हजार ५ सय ४५, प्रदेश २ मा ५ हजार २ सय ८, बागमतीमा ७ हजार ६ सय २६, गण्डकीमा ४ हजार ९ सय २४, प्रदेश ५ मा ३ हजार ४ सय ७१, कर्णालीमा ५ हजार १ सय २८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९ सय ६१ जनाको आरडिटिबाट कोरोना परीक्षण भइसकोको बताइएको छ।

    हालसम्म  काठमाडौं उपत्यकाभित्र ८ र बाहिर ९८ गरी कुल १ सय ६ जना आइसोलेसनमा छन् भने २० हजार १ सय ९५ जनालाई क्वारेन्टाइनमा राखिएको बताइएको छ।

     माघ ९ मा पहिलो केस देखिँदा परीक्षणको लागि हङकङ पठाउनु परे पनि त्यसयता काठमाडौंसहित देशका सातवटै प्रदेशका विभिन्न १६ स्थानबाट पिसिआर विधिबाट कोरोना परीक्षण हुन थालेको जानकारी दिए। उनले पछिल्लो पटक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याव स्थापना गरी परीक्षण सुरु गरिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]