राजनीति

रेडियो नेपालबाट हटाइयो बाबुरामको अन्तर्वार्ता

बैशाख १५, २०७७

    काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार नियन्त्रित रेडियो नेपालमा अन्तर्वार्ता दिने क्रममा प्रयोग गरेको शब्दले बबण्डर भएको छ।

    रेडियो नेपालबाट सोमबार बिहान साढे ६ मा प्रत्यक्ष प्रसारित अन्तरसम्वाद कार्यक्रममा बोल्दै डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गर्दै भष्मासुर भनेपछि उक्त अडियो हटाइएको हो। 

    बाबुरामले सम्वादका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले 'खसहरुको मात्रै पक्षपोषण गरे’ गरेको आरोप लगाएका थिए। उनले ‘खसमात्रै नेपाली हुन् भने झैं' ओलीले व्यवहार गरेको जिकिर गरेका थिए। उनले सांसदको अपहरण गराएको तथा अध्यादेशमार्फत राष्ट्रपतिलाई पनि विवादमा तानेकाले केपी ओली नामको भष्मासुरलाई हटाउनै पर्ने अभिव्यक्ति दिएका थिए।

    सरकार नियन्त्रित सञ्चारमाध्यमबाट प्रधानमन्त्रीलाई नै डा. भट्टराईले गाली गरेको भन्दै रेडियो नेपालले सोमबार प्रेस विज्ञप्ति नै निकाल्नु परेको छ। रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले डा. भट्टराईले प्रधानमन्त्रीविरुद्ध प्रयोग गरेको शब्दले दुखित बनाएको उल्लेख गरेका छन्। 

    विज्ञप्तिमा उनी त्यतिमै रोकिएका छैनन्। प्रत्यक्ष प्रसारण भएकाले सम्पादन गर्न नसकेकोमा उनले क्षमा नै मागेका छन्। 'डा. भट्टराईले प्रधानमन्त्रीलाई प्रयोग गरेको भाषा र विचारले हामीलाई दु:खी तुल्याएको छ', उनले भनेका छन्, 'उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण भएकाले आवश्यक सम्पादन गर्न नसिकएको हुँदा क्षमा चाहन्छौं। 

    कार्कीले अब उप्रान्त रेडियो नेपालको अन्तर्वार्ताका लागि अतिथि चयन गर्दा गम्भीररुपमा सचेत हुने वाचा पनि कार्कीले गरेका छन्। यस विज्ञप्तिसँगै रेडियो नेपालले डा. भट्टराईसँगको अन्तर्वार्ता नै अनलाइनबाट डिलिट गरिदिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]