स्थानीय निर्वाचन-२०७९

गर्भमा रहेको बच्चालाई कोरोना सर्छ कि सर्दैन ? कसरी जोगाउने ?

तस्बिर स्रोत : गुगल ।
बैशाख १५, २०७७

    अहिले विश्वभर कोरोना (कोभिड–१९) महामारी फैलिएको छ। यसले समय र अवस्थासँगै आफ्नो स्वरुप नै परिवर्तन गरिरहेको जानकारी वैज्ञानिकहरुले दिएका छन्। मानवीय हताहति बढ्दै गर्दा गर्भवती आमा र बच्चाको स्वास्थ्यप्रति चिन्ता जाहेर भइरहेको छ। 

    के गर्भभित्रै रहेको बच्चालाई पनि कोरोना संक्रमण हुनसक्छ ? कोभिड १९ नयाँ भाइरस भएकाले यस प्रकारका कैयौं प्रश्नहरुको जवाफ खोज्ने कोशिसमा मानिसहरु लागेका छन्। गर्भवती महिला र उनको पेटभित्र रहेको बच्चामा यसको कस्तो असर पर्छ भन्नेबारे पनि खोज भइरहेको छ। 

    गर्भवती आमा र गर्भस्थ शिशुलाई कोरोनाले पारेको प्रभावका अलग–अलग मामिला देखिएका छन्। कुनै अवस्थामा आमा संक्रमित भएपनि स्वस्थ बच्चा जन्मिएका छन्। कुनै मामिलामा आमा स्वस्थ आमाबाट जन्मिएका बच्चाहरु संक्रमित भएका छन्। कुनै मामिला यस्ता छन् कि संक्रमित आमाबाट जन्मिएका बच्चालाई पनि केही घण्टाभित्रै संक्रमण भएको छ।

    यस्ता फरक–फरक मामिला भेटिइरहँदा यो सवाल उठ्छ: के आमाको गर्भमा रहँदै ती बच्चाहरु संक्रमित भएका थिए? के यस्तो हुन सम्भव छ? बीबीसी हिन्दीका अनुसार इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) को एक अध्ययनले के देखाएको छ भने, यदी गर्भवती महिलालाई कोरोना संक्रमण भएको छ भने उनको बच्चालाई पनि गर्भभित्रै संक्रमण हुन सक्छ। हरेक मामिलामा यस्तो भेटिएका त छैन, तर यस्तो हुनसक्ने सो अध्ययनमा उल्लेख छ। 

    गर्भवती आमालाई कोरोना संक्रमण हुँदा गर्भभित्र रहेको बच्चामा कुन हदसम्म असर पार्छ भन्नेबारे आइसीएमआरको अध्ययनले विस्तृत खुलाएको चाहिँ छैन। 

    आमाबाट बच्चामा कसरी सर्छ भाइरस? 

    अलग–अलग तरिकाले आमाबाट बच्चामा भाइरस सर्नसक्छ। तर आमा संक्रमित हुँदा गर्भमा रहेको बच्चालाई पनि त्यस्तो हुने शतप्रतिशत आधार चाहिँ छैन। 

    स्त्रीरोग विशेषज्ञ डा. शालिनी अग्रवाल भन्छिन्, यो एक नयाँ स्वास्थ्य समस्या भएकाले अझै अध्ययन जारी छ, केही भाइरसहरु अवश्य नै यस्ता हुन्छन्: जो आमाबाट बच्चामा सर्छ। जस्तो कि आमालाई मलेरिया भएको छ भन्ने बच्चालाई पनि हुन सक्छ, तर एचआइभी एड्स भएकी आमाबाट गर्भको बच्चामा पनि जिवाणु सर्ने सम्भावना कम हुने गर्छ।

    केही भाइरसहरुले चाहिँ गर्भमै रहेको बच्चालाई असर नगर्ने, तर जन्मन लाग्दा दुःख दिने डा. अग्रवाल बताउँछिन्। 

    गर्भवती महिलालाई कोरोनाबाट कति खतरा ?

    आइसीएमआरका अनुसार गर्भधारणका दौरान आमाको प्रतिरोधी क्षमता केही कमजोर हुने गर्छ। यस्तो अवस्थामा गर्भवती आमा सजिलै र निकैए छिटो भाइरसबाट संक्रमित बन्ने जोखिम हुन्छ।

    यसअघि नै देखिएका भाइरसका मामिलामा त यो तथ्य पुष्टि नै भइसकेको छ। कोरोनाले पनि गर्भधारण गरेकी महिलालाई यस्तो असर पु¥याउन सक्ने सम्भावना निकै बढी छ। 

    गर्भमा रहेको बच्चा आमा र बाबुबाट बनेको एक नयाँ अंश हो। यस्तो अंशमा सामान्य प्रतिरोधक क्षमता कम हुने गर्छ। 

    कोरोना भाइरस फैलिएपछि समयभन्दा अगावै बच्चा निकाल्ने क्रम बढेको छ। यो कोरोनाको जोखिमकै कारणले हो या अन्य कारणले भन्ने खुलिसकेको छैन। तर यसमाथि शोध चाहिँ भइरहेको छ। 

    कसरी जोगाउने ? 

    गर्भभित्र रहेका बच्चालाई कोरोना संक्रमणबाट जोगाउने हो भने सबैभन्दा पहिले आमालाई नै यसबाट सुरक्षित राख्नुपर्छ। गर्भवती आमालाई बच्चासँगै सुुरक्षित राख्न निम्न सावधानी अपनाउनुपर्छ: 
    - अरु व्यक्तिसँग हात मिलाउँदै नमिलाउने, हात धोइराख्ने, मास्क लगाउने, दोस्रो व्यक्तिसँग भौतिक दुरी कायम गर्ने ।

    - कुनै पनि प्रकारको संक्रमण भएका या कोरोना संक्रमणको सम्भावना रहेका व्यक्तिको नजिक नजाने या जान नदिने।

    - यदी आमालाई प्रश्रवअघि नै कोरोना संक्रमण भएको छ भने बच्चामा पनि कोरोना संक्रमण हुन्छ भन्ने ग्यारेन्टी हुँदैन। परीक्षण गरेपछि संक्रमण भए÷नभएको पत्ता पनि लाग्छ। त्यसैले केही सावधानी अपनाएर बच्चालाई संक्रमणबाट जोगाउन सकिन्छ। 

    - बच्चालाई आमाबाट केही समयसम्म अलग राख्नुपर्छ। यसो गर्दा कोरोना संक्रमित आमाको सास, रगत या अन्य थोपाहरुबाट हुनसक्ने संक्रमणबाट बच्चालाई सुरक्षित राख्न सकिन्छ। 

    शिशुलाई संक्रमित आमाको दुध खुवाउन मिल्छ ? 

    आमाको दुध नवजात शिशुका लागि सबैभन्दा राम्रो र जीवनदायी खानेकुरा हो। आमाको दुध नै नवजात शिशुका लागि सम्पूर्ण खानेकुरा हो। कैयौं महिनासम्म बच्चाले आमाकै दुध चुसेर आफ्नो पेट भर्ने गर्छन्। 

    अहिलेसम्म गरिएको अध्ययनअनुसार संक्रमित आमाको दुधमा कोरोनाको जिवाणु भेटिएको छैन। यद्यपी, संक्रमित आमाबाट जन्मेको बच्चालाई उनकै दुध खुवाउन हतार नगर्दा नै राम्रो हुन्छ। 
    संक्रमण भएको बच्चालाई चाहिँ संक्रमण नदेखिएकी आमाको दुध खुवाउन सकिन्छ। यसका लागि सबैभन्दा पहिलो बच्चा र आमालाई अलग–अलग राख्नुपर्छ र जाँच नहोउन्जेल यसलाई निरन्तरता दिनुपर्छ। 

    यदी स्वस्थ आमाले संक्रमित बच्चालाई दुध पिलाउन चाहेको खण्डमा स्यानिटाइज गरिएको ब्रेस्ट पम्पबाट दुध निकालेर बच्चालाई खुवाउन सकिन्छ। बच्चालाई काखैमा राखेर दुध पिलाउन चाहने आमाले पहिले हात धोएर मास्क लगाउनुपर्छ। 

    नवराज शिशुको प्रतिरोधक क्षमता निकै नयाँ र कमजोर हुन्छ। कुनै प्रकारको बिरामीलाई पहिचान गर्न नसक्ने भएर नै बच्चालाई खोप लगाउने गरिन्छ, ता कि कुनै बिरामीकहाँ जाँदा बच्चाले पनि त्यस्तै समस्या भोग्नु नपरोस्। 

    अहिलेसम्म संक्रमित भेटिएका गर्भवती आमाहरुमा कोरोनाको सामान्य लक्षण देखिएको र उपचार गर्दा निकै छिटो स्वास्थ्यलाभ हासिल गरेको पाइएको छ।

    गर्भमा बच्चा रहेको २८ हप्तापछि संक्रमणको जोखिम बढी नै हुने गर्छ। यो समयमा साविकको भन्दा धेरै सावधानी अपनाउनुपर्छ। हृदयरोगबाट पीडित गर्भवतीहरु त झनै सजग रहनुपर्छ। सजगता अपनाउँदा सम्भावित समस्याहरुलाई पहिले नै निराकरण गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]