काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
झापा : कोरोना संक्रमित बिरामी भेटिएपछि बाह्रदशी गाउँपालिका सिल गरिएको छ।
दिल्लीको निजामुद्दीनस्थित मर्कजमा आयोजित मुस्लिम धार्मिक सभाबाट फर्किएका बाह्रदशी ४ स्थित चकचकी निवासी ५० वर्षीय जमाती पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिकाले वैखाख १५ गतेबाट उच्च सतर्कता अपनाउँदै सिल गरेको जनाएकाे हो।
गाउँपालिकामा कोरोनाका बिरामी पुष्टि भएसँगै स्थानीयमा त्रास फैलिएको छ। गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले अर्को आदेश नहुन्जेलसम्म आवतजावतमा पूर्ण निषेध गर्ने निर्णय गरेको हो।
प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको समेत सहभागितामा सम्पन्न बैठकले गाउँपालिकाको पूर्वतर्फ कञ्चनगढ, पश्चिममा विरिङ खोला, उत्तरमा पाख्रिवास र दक्षिणमा राधानगर (घाग्रा खोला) सम्मको चार किल्ला भूभाग सिल गर्ने निर्णय भएको गाउँपालिकाका सूचना अधिकारी चेतनाथ न्यौपानेले जानकारी दिए।
त्यस्तै बैठकले गाउँपालिका अध्यक्ष राजवंशीकै अध्यक्षतामा निषेधित क्षेत्रको समन्वयका लागि ९ सदस्यीय समिति समेत गठन गरेको छ।
दिल्लीको धार्मिक सभामा सहभागी भएर घर फर्किएका जमातीमा आइतबार ४५ दिनपछि कोरोना संक्रमणको पुष्टि भएको थियो। गत मार्च १ देखि १५ मार्चसम्म चलेको दिल्लीको मुस्लिम सभामा सहभागी हुन उनी मार्च ३ गते दिल्ली पुगेका थिए।
मार्च ११ गते घर फर्किएका उनको यसअघि दुई पटक आरडिटी परीक्षण गर्दा कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएको थियो। उनको गत वैशाख ४ पहिलो पटक र शनिबार मात्रै दोस्रो पटक आरडिटी परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए।
योसँगै झापामा कोरोना संक्रमितको सङ्ख्या दुई पुगेको छ। यसअघि वैशाख १२ गते दमकमा ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ। उनका छोरा दुबईबाट फर्किएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।