राजनीति

कोटेश्‍वरमा ‌ओली-नेपाल समूह, खुमलटारमा प्रचण्ड, झलनाथ, वामदेव

फाइल फोटो
बैशाख १५, २०७७

    काठमाडौं : कोटेश्‍वरस्थित वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा दुई समूहबीच वार्ता चलिरहँदा खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतमबीच भेटवार्ता भएको छ। 

    स्रोतका अनुसार प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएपछि उपाध्यक्ष वामदेव गौतमसँग सम्वाद भएको छ। प्रचण्ड निवास खुमलटारमा तीन नेताबीच स्थायी समिति बैठक बोलाउने विषयमा छलफल भएको बताइएको छ।

    भेटमा वरिष्ठ नेता खनालले तत्कालै सचिवालय बैठक बोलाएर स्थायी समिति बैठकको मिति तोक्न माग गरेका बताइएको छ। त्यससँगै उपाध्यक्ष वामदेव गौतम पनि प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।

    दुई नेताबीच नेकपामा चर्किएको विवाद, सरकारको भूमिका र स्थायी कमिटी बैठक बोलाउनेबारेमा संवाद भएको स्रोतले जनाएको छ। यता कोटेश्‍वरमा ओली-नेपाल समूहबीच चार बुँदे सहमति भएको बताइएको छ।

    तर यस सहमतिबारेको विस्तृत विवरण नेताहरुले सार्वजनिक गरेका छैनन्। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]