पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
बैतडी : महिनावारीका बेला अत्यधिक रक्तश्राव हुने समस्याबाट ग्रसित एक युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी प्रमुखले रक्तदान गरेका छन्।
जिल्ला अस्पतालका मा रहेका उपचाररत दशरथचन्द नगरपालिका ८ कि युवतीमा यस्तो समस्या देखिएपछि बैतडीस्थित सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्मका नायव उपरीक्षक अमित सिंहले सोमबार रक्तदान गरेका थिए।
सशस्त्र प्रहरी नायव उपरीक्षक सिंहले १ युनिट तथा ३ सय ५० एमएल रगत दिएका जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए।
‘बी’ पाजेटिभ रगत अभाव भएपछि अस्पतालले सशस्त्र प्रहरीलाई गुहारेको थियो। युवतीको अहिले जिल्ला अस्पतालमै उपचार भइरहेको छ।
रक्तदानपछि युवतीको ज्यान बचेको डाक्टर जोशीले बताए। ‘लकडाउनका बेला रगत खोज्न समस्या भइरहेका बेला रगत पाँउदा उपचारमा सहज भयो,’ उनले भने।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।