स्थानीय निर्वाचन-२०७९

दमकमा पहिलाे चरणको नमुना संकलन सकियो, नतिजाको पर्खाइ

कोरोनाको उपचारका लागि प्रसूति सेवा बन्द

बैशाख १५, २०७७

    दमक :  झापाको दमकमा एक जना कोरोना संक्रमित भेटिएपछि नगरपालिकाको वडा नम्बर ३ र आसपास क्षेत्रलाई सिल गरी सम्भावित संक्रमितहरुको खोजी तीव्र पारिएको छ। यसअन्गर्तत पहिलो चरणको नमुना संकलन कार्य पूरा भएको छ। 

    दुई दिनको अवधिमा पिसिआर परीक्षणका लागि ८४ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको हो। दमकस्थित सरकारी अस्पताल निमित्त मेसु डा. खड्ग लिम्बूका अनुसार प्राथमिकता सूचीका व्यक्तिहरुको पहिचान गरी नमुना संकलन गरिएको छ। 

    पिसिआर परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५४ जनाको स्वाब पठाइएको छ। उनीहरुको नतिजा आउँन बाँकी छ। विदेशबाट आएका व्यक्तिका आफन्तमा मात्र संक्रमण पुष्टि भएको छ। यस अवधिमा १ सय ५७ जनाको आरडिटी परीक्षण गरिएको छ। 

    कोरोनाको उपचारका लागि प्रसूति सेवा बन्द 

    पश्चिम झापाको एक मात्र सरकारी दमक अस्पतालमा प्रसूति सेवा बन्द गरिएको छ। कोरोनाका शंकास्पद बिरामीको उपचार गर्नुपर्ने भएकाले केही दिन प्रसूति सेवा वन्द गरिएको डा. लिम्बूले बताए। सरकारले लकडाउन घोषणा गरेसँगै अस्पतालमा कोरोना लाई लक्ष्य गरी फिबर क्लिनिक तथा आइसोलेसन वार्ड सञ्चालन गरिएको छ। 

    अस्पतालको आइसोलेसनमा हालसम्म १३ जनाको उपचार भइसकेको र हाल ३ जना उपचारका क्रममा छन्। दमकमा फेला परेका संक्रमितको प्रारम्भिक स्वास्थ्य जाँचसमेत यसै अस्पतालमा भइरहेकाले प्रसूति सेवा रोक्नुपरेको अस्पताल सञ्चालक समिति अध्यक्ष गीता अधिकारीले जानकारी दिइन्। 

    दमककै आम्दा, लाइफलाइन, ओममेची तथा एडभान्स अस्पतालमा भने प्रसूति सेवा सञ्चालन भइरहेको छ। हाल आम्दा अस्पतालमा समेत आइसोलेन वार्ड निर्माण गरिएको छ। ४ वटा वार्ड रहे पनि यसलाई १० वटासम्म विस्तार गर्न सकिने अस्पतालका मेसु डा. नवीन ढकालले जनाए। 

    ज्वरो परीक्षण गराउन आउने घटे

    दमकमा कोरोना संक्रमित पहिचानपछि दुई दिनयत ज्वरो परीक्षण गराउन आउनेको संख्यासमेत घटेको छ। त्रासकै कारण परीक्षण गराउन आउनेको संख्या घटेको भन्न नसकिने दमक अस्पतालका डा. लिम्बूले बताए। उनका अनुसार सो अस्पतालमा हाल ३० देखि ४० जना ज्वरो परीक्षणका लागि आउने गरेका छन्। 

    कोरोना संक्रमित पहिचान हुनुअघि यो संख्या दोब्बर थियो। यस्तै दमकको अर्को ठूलो अस्पताल आम्दामा पनि ज्वरो परीक्षणका लागि आउनेको संख्या घटेको अस्पतालका  मेसु ढकालले जनाए। 

    कमलमा पनि परीक्षण 

    कोरोना पुष्टि भएका दमक ३ का संक्रमितको सम्पर्क भएका व्यक्तिहरुको खोजी गरी अन्य स्थानीय तहमा पनि परीक्षण थालिएको छ। कोरोना संक्रमितको सम्पर्कमा आएका झापाकै कमल गाउँपालिका ४ का ४ जनाको पनि आरडिटी परीक्षण गरिएको छ। 

    संक्रमितका आफन्तसमेत रहेका एकै परितवारका ती ४ जनाको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]