काठमाडौं : डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन्। धादिङ अस्पतलामा कार्यरत धौभडेल घर विदामा आएकी थिइन्। उनी काठमाडौं महान...
बैतडी : जिल्लाकाे तल्लोस्वराडमा एक युवती सोमबार मृत अवस्थामा फेला परेकी छन्।
फेला परेकाे शव शिवनाथ गाउँपालिका ४ की १८ वर्षीया गीता महरकाे भएकाे प्रहरीले बताएकाे छ। शनिबार घरबाटै बेपत्ता भएकी गीता शिवनाथ गाउँपालिका २ स्थित दोगडाखोलामा मृत अवस्थामा फेला परेकी बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।
'खोलाले बगाएकाे हाे वा के कारण मृत्यु भएको भन्नेबारे खुल्न सकेको छैन्’. पाण्डेयले भने। शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएकाे प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।