समाज

दाहसंस्कार गर्दागर्दै चिता नै बाढीले बगाएपछि...

बैशाख १५, २०७७

    इलाम : फाकफोकथुम गाउँपालिकास्थित फाकफोक खोलामा दाहसंस्कार गर्दागर्दै बाढीले चितासहित शव बगाएको छ।

    फाकफोकथुम–३ सल्लेरीका ४० वर्षीय रामबहादुर लकान्द्रीको दाहसंस्कार गर्दागर्दै अचानक बाढी आएपछि शव जल्न नपाई बगेकाे गाउँपालिका उपाध्यक्ष सरस्वती राईले जानकारी दिइन्। उनले भनिन्, 'चितामा शव राखेर दागबत्ती दिनासाथ अचानक माथिबाट आएको बाढीले शव जल्न नपाइ बगायाे।'

    फाकफोक खोलाको शीर पाँचथरको घुर्बिसे पंचमी र आसपासमा भएको भीषण वर्षापछि बाढी आएकाे थियाे। शव जल्न नपाइ बगेपछि खोजतलास गरी पुन दाहासंस्कार गरिने बताइएकाे छ।

    ‘शव जल्न नपाई बाढीले बगाएर लग्यो। आज त रात परिहाल्यो। भोलि प्रहरी प्रशासन र स्थानीयले शव खोजतलास गरी पुन दाहसंस्कार गर्ने सल्लाह भएको छ’, उपाध्यक्ष राईले भनिन्। लकान्द्रीको आइतबार दिउँसो करिब १२ बजे नजिकैको जंगलमा सुँगुरको चारो खोज्ने क्रममा ढुंगाबाट चिप्लिएर मृत्यु भएको थियो। 

    बाढीले एक बालक बगायो 

    यसैबीच सोही बाढीले बगाएर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा फाकफोकथुम गाउँपालिका वडा नम्बर ३ आमचोक रातमाटेका १३ वर्षीय मनिस थेगिम हुन्। साथीहरुसँग पौडी खेलिरहेका थेगिमलाई बाढीले बगाएरको थियो। पाैडी खेल्न गएका सथीहरुले स्थानीयलाई खबर गरेपछि स्थानीय र प्रहरीले खोजतलास गरेका थिए। 

    खोजतलासका क्रममा थेगिमको शव घटना भएको स्थानदेखि करिब ३ किलोमिटर तल फेला परेको थियो। शव पोस्टमार्टमका लागि पाँचथरको रवि अस्पताल लगिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]