समाज

बलेफीमा घरमै पुगेर नागरिकको स्वास्थ्य जाँच, श्रमिकलाई खाद्यान्‍न

बैशाख १५, २०७७

    चौतारा : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले एक हजार ५० जना श्रमिक मजदुरलाई खाद्यान्न सहयोग गरेको छ। गाउँपालिकाभित्र दैनिक ज्यालादारी गर्ने मजदुरलाई वडा कार्यालयमार्फत राहत सहयोग गरेको गरिएको हाे। 

    उनीहरुलाई दाल, चामल, नुन, तेललगायत दैनिक उपभोग्य सामग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले जानकारी दिए। ‘टोलमै पुगेर स्वास्थ्य सचेतनाको कार्यक्रम चलाएका छौ,’ क्षत्रीले भने, ‘कोही नागरिक भोकै पर्न नपरोस् भनी खाद्यान्न सहयोग निरन्तर गरिरहेका छौं।’ 

    घरघरमा स्वाथ्य सामग्रीसमेत पुर्‍याइएको उनले बताए। गाउँपालिकाले वडाध्यक्षमार्फत सबै घरका सदस्यहरुलाई मास्क र सेनिटाइजर वितरण गरेको जानकारी दिएको छ । 

    ५३ जनाको चेकजाँच

    गाउँपालिकाले आफ्नो क्षेत्रभित्र ५३ जनाको कोरोना जाँच गरेको जनाएको छ। जाँच गरिएका ती सबैको नतिजा नेगेटिभ आएको जलवीरे स्वास्थ्य केन्द्रकी ल्याब टेक्निसियन सोभा पराजुलीले जानकारी दिइन्। पराजुलीका अनुसार ५० जनाको आरडिटी र ३ जानको स्वाब परीक्षण गरिएको थियो। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]