समाज

लकडाउनमा घर बसेका कर्मचारीले सार्वजनिक बिदासरह सुविधा पाउने

बैशाख १५, २०७७

    काठमाडौं : चैत ११ देखि जारी लकडाउनअवधिभर कार्यालयमा उपस्थित हुनु नभएका कर्मचारीले सार्वजनिक बिदासरह सुविधा पाउने भएका छन्। यसबारे सरकारले गरेको निर्णय राजपत्रमा प्रकाशित भएको छ।

    गत वैशाख २ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ‘सम्पूर्ण सरकारी कार्यालय निकाय तथा उद्योगले बिदा दिएका कर्मचारी र श्रमिकको हकमा खाइपाइ आएको तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने’ उल्लेख गर्दै त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नुपर्ने जनाएको थियो।

    ‘सरकारी कार्यालय, निकाय वा उद्योगले बिदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आइको तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने निर्णय गरेको यो सूचना प्रकाशित गरिएको छ,’ राजपत्रमा भनिएको छ। 


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]