समाज : सुरक्षा/अपराध

कांग्रेस जितपुर–सिमरा सभापति गुप्ता प्रहरी नियन्त्रणमा

बैशाख १५, २०७७

    बारा : नेपाली कांग्रेस जितपुर–सिमरा नगर कमिटीका सभापति श्यामबाबु गुप्तालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। बैकिङ कसुरमा गुप्ताविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा परेको उजुरीका आधारमा उनलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो। 

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्र शाहीका अनुसार श्यामबाबु गुप्ताविरुद्ध १५ लाख रुपैयाँ चेक बाउन्सको उजुरी परेको छ। सोमबार गुप्ता आफैं प्रहरी कार्यालयमा आएको शाहीले बताए। गुप्ताविरुद्ध प्रहरीले बैंकिङ कसुरअन्तर्गत अनुसन्धान गरी बयान लिएर अदालत पेस गर्नुपर्ने कार्यविधि छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]