काठमाडौं : अमेरिकामा केहि दिनयता मृत्यु दर घट्दै गएको छ। कोरोना भाइरसको इपीसेन्टर मानिएको अमेरिकामा विगत दुईदिन यता मृत्युदर केही घट्दै गएको हो। दैनिक दुई हजारको हाराहारीमा ज्यान गुमाइरहेको अमेरिकामा विगत दुई दिनदेखि १२ सय सम्म आइपुगेको छ।
कोरोनाका कारण विगत २४ घण्टामा अमेरिकामा १२ सय ३६ जनाले ज्यान गुमाएको वल्डोमिटरले जनाएको छ। अमेरिकामा हाल मृत्यु हुनेको संख्या ५६ हजार ६ सय ४९ रहेको छ। त्यस्तै त्यहाँ संक्रमितको संख्या १० लाख नाघेको छ। अमेरिकामा १० लाख आठ हजार ४३ संक्रमित रहेका छन्। अमेरिकाको न्यूयोर्कमा मात्रै २२ हजार ६ सय २३ जनाले ज्यान गुमाउँदा त्यहाँ संक्रमितको संख्या २ लाख ९८ हजार चार रहेको छ। त्यस्तै न्यूजर्सीमा ६ हजार ४४ जनाको मृत्यु भएको छ। १ लाख ११ हजार ८८ जनामा संक्रमण देखिएको छ।
अमेरिका पछि विश्वमा सबैभन्दा धेरैले ज्यान गुमाएको देश इटाली हो। इटालीमा २६ हजार ९ सय ९७ जनाको मृत्यु भएको छ। त्यस्तै १ लाख ९९ हजार संक्रमित रहेका छन्। स्पेनमा २३ हजार ५ सय २१ जनाको मृत्यु भएको छ भने २ लाख २९ हजार ४ सय २२ जना संक्रमित छन्। फ्रान्समा १ लाख ६५ हजार ८ सय ४२ जनामा संक्रमण देखिएको छ। त्यस्तै त्यहाँ २३ हजार २ सय ९३ जनामा संक्रमण देखिएको छ।
जर्मनीमा पछिल्लो समय तीव्र रुपमा फैलिदै गएको संक्रमणका कारण १ लाख ५८ हजार बिरामी भेटिएका छन्। जर्मनीमा ६ हजार ६१ जनाको मृत्यु भइसकेको छ। बेलायतमा २१ हजार ९२ जनाले ज्यान गुमाइसेका छन्। त्यहाँ १ लाख ५७ हजार १ सय ४९ जना मानिसमा कोरोनाको संक्रमण पाइएको छ। त्यस्तै टर्कीमा एक लाख १२ हजार संक्रमित रहँदा २ हजार ९ सयको मृत्यु भइसकेको छ।
इरानमा ९१ हजार ४ सय ७२ संक्रमित छन्। त्यस्तै त्यहाँ ५ हजार ८ सय ६ जनाको ज्यान गएको छ। रुसमा ८७ हजार १ सय ४७ जनामा संक्रमण भेटिएको छ। त्यस्तै त्यहाँ सात सय ९४ जनाको ज्यान गएको छ। कोरोनाको उद्गम स्थल चीनमा अहिले सम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ भने ८२ हजार ८ सय ३० जनामा संक्रमण छ।
ब्राजिलमा पनि कोरोना भाइरसका कारण ४ हजार पाँच सय ४३ जनाले ज्यान गुमाइसकेका छन। त्यस्तै त्यहाँ ६६ हजार पाँच सय १ जनामा संक्रमण देखिएको छ। क्यानडामा झण्डै तीन हजारको ज्यान गएको छ भने ४८ हजार भन्दा धेरैमा संक्रमण भेटिएको छ। बेल्जियममा ७ हजार २ सय ७ जनाले ज्यान गुमाएका छन्। त्यहाँ ४८ हजार ६सय ८७ जना बिरामी छन्। नेदरल्याण्डमा ३८ हजार २ सय ४५ जनामा संक्रमण भेटिएको छ ने ४ हजार पाँच सय १८ जनाको मृत्यु भएको छ।
छिमेकी देश भारतमा तीव्ररुपमा फैलिएको कोरोनाका कारण ९ सय ३९ जनाले ज्यान गुमाउँदा २९ हजार ४ सय ५१ जनामा संक्रमण भेटिएको छ। त्यस्तै स्वीट्जरल्याण्डमा २९ हजार १ सय ६४ जनामा संक्रमण देखिएको छ। त्यहाँ १ हजार ६ सय ६५ जनाको ज्यान गएको छ।
विश्वभर हालसम्म ३० लाख ५९ हजार ८१ जनामा संक्रमण देखिएको छ भने २ लाख ११ हजार २ सय २ जनाको ज्यान गएको छ। ९ लाख १९ हजार ७ सय ४६ जना निको भएर घर फर्किएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।