समाज

गुल्मीमा १२  हजार २७० परिवारलाई राहत वितरण

बैशाख १६, २०७७

    गुल्मी : लकडाउनका कारण समस्यामा परेका १२ हजार २७० विपन्न परिवारलाई राहत वितरण गरिएको छ। दुई नगर र १० गाउँपालिका रहेको गुल्मीमा पहिलो चरणमा उक्त घर घर परिवारलाई राहत वितरण गरिएको हो। केही स्थानीय तहले दोस्रो चरणको राहत वितरणको योजना बनाएका छन्। सबै स्थानीय तहले दोस्रो चरणमा पहिलेभन्दा धेरैलाई राहत वितरण गर्ने बताउँदै आएका  छन्। 

    रेसुङा नगरपालिकाले पहिलो चरणमा १४ वडाका एक हजार ४९१ परिवारलाई राहत वितरण गरिसकेको छ। अब दोस्रो चरणमा तीन हजार परिवारलाई राहत वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए।

    त्यस्तै, मदाने गाउँपालिकाले ८२४ घर परिवारलाई राहत वितरण गरेको छ। दोस्रो चरणमा एक हजार २२० विपन्न परिवारलाई राहत वितरणको योजना बनाएको गाउँपालिकाका सूचना अधिकारी क्रृषिराम पोख्रेलले बताए। मालिका गाउँपालिकाले पहिलो चरणमा ७७५ जनालाई राहत वितरण गरेकामा दोस्रो चरणमा एक हजार ७७३ परिवारलाई राहत प्रदान गर्ने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए।

    यस्तै, पहिलो चर(मा मुसिकोट नगरपालिकाले दुई हजार २९७, धुर्कोट गाउँपालिकाले ७७५ र गुल्मी दरवार गाउँपालिकाले ७९२ परिवारलाई राहत वितरण गरेको छ। त्यस्तै, इस्मा गाउँपालिकाले एक हजार २४३, छत्रकोट गाउँपालिकामा ८१५, रुरु क्षेत्र गाउँपालिकामा ५८८, चन्द्रकोट गाउँपालिकामा ६८१, सत्यवति गाउँपालिकामा ७५२ र कालीगण्डकी गाउँपालिकामा एक हजार २३३ परिवारलाई राहत वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]