समाज

बाढीले बगर खेतीमा लाखौंको क्षति

बैशाख १६, २०७७

    कञ्चनपुर : बाढी आउँदा कञ्चनपुरका विभिन्न खोलाका बगरमा लगाइएको तरकारी खेतीमा क्षति पुगेको छ। स्याली, सनवोरा, दोदा, वनहरा लगायतका खोलामा सोमबार बाढी आउँदा ती खोलाको बगरमा लगाइएको तरकारी खेतीमा क्षति गरेको हो। बगरमा लगाइएको काँक्रा, लौका, फर्सी, प्याज, करेलालगायतमा तरकारी बगाएको शुक्लाफाँटा नगरपालिका–३ का कल्सु चौधरीले बताए।

    दुई बिघा क्षेत्रफलमा लगाइएको सबै तरकारी सनवोरा नदीले बगाएर क्षति गरेको चौधरीले बताए। ‘लकडाउनले तरकारी बिक्री गर्न नपाएर लागत खर्चनै उठाउन पाएका थिएनौं,’ उनले भने, ‘बाढीले सबै तरकारी बगायो।’

    यस्तै, चेतराज चौधरीको स्याली नदीमा बगर लगाइएको एक बिघा क्षेत्रफलको तरकारी बाढीले बगाएको छ। ‘खेतीको लागत खर्च ५० हजार रुपैयाँ लागेको छ,’ उनले भने, ‘दुई लाखभन्दा बढी आम्दानी हुन्थ्यो, सबै बाढीले बगायो।’

    गीत चौधरीले बगरमा लगाइएको तरभुजा पनि बाढीले बगाएको छ। ‘भर्खरै पाक्न शुरु गरेको थियो। गाँउमै खपत बढी हुन्थ्यो,’ गीताले भनिन्, ‘त्यसबाट आम्दानी गरी घर खर्च चलाउने सोच थियो, सबै बाढीमा बग्यो।’

    सनवोरा खोलाको बगरमा ६० भन्दा बढी परिवारले बगर खेती गरेका छन्। बगरमा लगाइएको खेती सबै बाढीले बगाएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए। यस्तै, स्याली खोलाको बगरमा ४० भन्दा बढी परिवारले लगाएका तरकारी पनि बगाएको छ। उनीहरुको लाखौंको क्षति भएको र तथ्याङ्क संकलनको कार्य भैरहेको चौधरीले बताए।

    यसैगरी, लालझाडी गाँउपालिका र कृष्णपुर नगरपालिकाका किसानले दोदा खोलाको बगरमा लगाएका तरकारी खेतीमा पनि बाढीले क्षति गरेको छ। दोदाको बगरमा १४० भन्दा बढी किसानले तरकारी खेती गरेका छन्।

    एक्कासी नदीमा बाढी आउदा निकै क्षति पुगेको लालझाडी गाउँपालिका–६ का अध्यक्ष टिकाराम चौधरीले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]