समाज : सुरक्षा/अपराध

सगरमाथा राष्ट्रिय निकुञ्जमा छवटा कस्तुरी मृग मृत फेला

बैशाख १६, २०७७

    सोलुखुम्बु : सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा छवटा कस्तुरी मृग मृत भेटिएका छन्। निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा पासोमा झुण्डिएको अवस्थामा ती मृग मृत फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ।

    मृत भेटिएकामध्ये एउटा पोथी, तीनवटा भाले र दुईवटाको लिङ्ग पहिचान हुन नसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए। उनका अनुसार एउटा मृगको बिना निकालिएको र दुईवटा सडेकाले ती मृगको पनि बिना झिकेर लगेको अनुमान गरिएको छ। पहिचान हुन नसकेको मृगको घटनास्थलमै गाडिएको र अन्यको पनि मुचुल्का तयार पारी निकुञ्जको परिसरमै गाडिएको उपाध्ययले बताए।

    ती मृग करिब १० दिनअघि मारिएको हुन सक्ने अनुमान गरिएको छ। मृगलाई खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, निकुञ्जको टोलिको रोहबरमा मुचुल्का तयार पारि गाडिएको हो। 

    लकडाउनको मौका छोपी चोरी शिकार गरिएको हुन सक्ने निकुञ्ज प्रशासनले अनुमान गरेको छ। चोरी शिकारीमा संलग्नको खोजी कार्य जारी रहेको भन्दै शंका लागेका व्यक्तिहरुमा निगरानी बढाइएको संरक्षण अधिकृत उपाध्ययले बताए। 

    यस्ता घटना पटकपटक भइरहेको जानकार बताउँछन्। अन्य विभिन्न निकुञ्ज क्षेत्रमा वन्यजन्तुको गणना गरिने भए पनि सगरमाथा राष्ट्रिय निकुञ्जमा हालसम्म गणना गरिएको छैन। २०३२ सालम स्थापना भएको यस निकुञ्ज १ हजार १४८ वर्ग किलोमिटरमा फैलिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा यही निकुञ्जभित्र पर्ने भएकाले यसलाई अति महत्त्वका साथ हेर्ने गरिएको छ ।

    यस निकुञ्जमा कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुहरूका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुंगा) र पहेंलो चुच्चे काग लगायत १९३ प्रजातिका चरा पाइने जानकारहरु बताउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]