खेलकुद

बजेट फ्रिज हुने डरले धमाधम मैदान निर्माण

बैशाख १६, २०७७

    काठमाडौं : विश्वभर कोरोना भाईरसको महामारी जारी छ। नेपाली खेल क्षेत्रपनि यो प्रकोपका कारण सुनसान छ। तर पोखरामा निर्माण भइरहेको पोखरा रंगशालासँगै रहेको वैकल्पीक फुटबल मैदानभने कोरोना महामारी बिचमा निर्माण जारी राखिएको छ।

    यो वर्षको बजेट फ्रिज हुने डरले लकडाउनमा काम सुरु गरिएको हो। साग सकिएको लामो समय सम्मपनि निर्माण स्थगित गरिएपनि बजेटको लोभले रंगशाला कोरोना महामारी बिचमा बल्ल निर्माण सुरु गरिएको छ।  दक्षिण एशियाली खेलकुद सागका लागि पोखरामा रातारात काम गरिएपनि साग पछि पोखरा रंगशालामा निमार्णको काम ठप्प थियो। पोखरा रंगशालामा अन्तराष्टिय फुटबल स्टेडियम सगै बैकल्पिक फुटबल मैदान निमार्णको काम यस अघिनै सुरु गरिएपनि काम रोकिएपछि पुनः निमार्णको काम सुरु सगै गरिएको हो।

    हाल निमार्णको काम अन्तिम चरणमा पुगेको छ। चालु आर्थिक वर्ष सुरु सगै राष्ट्रिय खेलकुद परिषदले मैदानको लागि ९० लाख  रुपैया विनियोजन गरेको थियो । त्यसपछि मैदान निमार्णको जिम्मा एन्फा कास्कीलाई दिदै पहिलो चरणमा ३० लाख बजेट समेत निकाशा गरेको थियो। 

    साग अघि सम्म मैदान निमार्णको लागि केही काम भएपनि विगत चार महिनादेखी कुनै काम अघि नबढेसगै अलपत्र परेको मैदान निमार्णको काम सक्न र बजेट फ्रिज हुने सम्भावना मध्यनजर गदै राखेप आफैले अगुवाई लिई मैदान निमार्णको काम पुनः सुरु गरेको हो। लकडाउन सुरु भएको दुई दिनपछि अर्थात १३ चैत देखी राखेप सदस्य राजेश गुरुङले आफै अगुवाई लिई निमार्णको काम सुरु गरे। यस वर्ष गण्डकी प्रदेशमा हुने नवौ राष्ट्रिय खेलकुदको लागि आवश्यक पुर्वाधारलाई मध्यनजर सगै विनियोजन बजेट फ्रिज हुने सम्भावना बढेकाले निमार्णको काम अघि बढाईएको उनले बताए।

    पोखरा रंगशालामा बैकल्पिक फुटबल मैदानको आवश्यकता औल्याउदै २०६४ सालदेखी नै सो स्थानमा निमार्णको काम सुरु गरिएको थियो मैदान सम्याउनका लागि ५ सय ट्रिप माटो सगै ९ लाख रुपैया खर्च समेत भएको थियो। करिव ११ बर्ष पछि पुन मैदान निमार्णको काम सुरु भएको हो। सदस्य गुरुङकाअनुसार मैदान निमार्णका लागि १३ चैतदेखी दुई जेसिभि, चार टिपर सगै २६ जना कामदाहरु खटिएका छन् । खटिएका कामदारहरुलाईे आवश्यक स्वास्थ्य उपकरण सहित
    सुरक्षित तरिकाले काममा लगाईएको उनको भनाइ छ। १०५ मिटर लम्वाई र ६८ मिटर चौडाईको ट्रयाक एण्ड फिल्ड सहित ५ सय दर्शक क्षमताको प्याराफिट समेत निमार्ण गरिने मैदान अन्तराष्ट्रिय मापदण्डको हुने बताईएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]