समाज

नेपालगञ्जका करिब साढे १२ हजार मजदुर परिवारलाई राहत वितरण

बैशाख १६, २०७७

    बाँके : नेपालगञ्ज उपमहानगरपालिकाले १२ हजार ४०६ अति विपन्न तथा ज्यालादारी गर्ने मजदुरको परिवारलाई राहत वितरण गरेको छ।

    विपन्न समुदायका दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, श्रमिकलाई राहत सामग्री वितरण गरिएको उपमहानगरका प्रवक्ता प्रमोद रिजालले बताए। राहतमा प्रतिपरिवार १५ किलो चामल, पाँच किलो पिठो, दुई किलो दाल, एक लिटर तेल, एक किलो नुन र एउटा साबुन प्रदान गरिएको रिजालले जानकारी दिए।

    राहतलाई प्रभावकारी र पारदर्शी बनाउन राहत पाउने व्यक्तिको तीन पुस्ते खुल्ने गरी उनीहरुको नाम उपमहानगरको वेबसाइटमार्फत सार्वजनिक भइरहेको उनले बताए। पहिलो चरणमा स्थायी बसोबास गर्ने विपन्न परिवारलाई राहत वितरण गरिएको थियो। दोस्रोे चरणमा कोठा भाडामा लिएर बस्ने मजदुर र विद्यार्थीलाई राहत वितरण भइरहेको प्रवक्ता रिजालले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]