अर्थ

ईयूले नेपाललाई ९ अर्ब ८० करोड सहयोग गर्ने

बैशाख १६, २०७७

    काठमाडौं :  युरोपेली संघ (ईयू) ले नेपाललाई कोरोना भाइरससँग जुझ्न ७ करोड ५० लाख युरो अर्थात् ९ अर्ब ८० करोड रुपैयाँको सहायता प्याकेज घोषणा गरेको छ। 
    कोरोना भाइरस प्रकोपसँग जुध्न र यसको असर न्यूनीकरणका लागि ईयूले उक्त सहयोग प्रदान गर्ने घोषणा गरेको हो।

    ईयूले दिँदै आएको सहयोग प्रतिबद्धतालाई पुनप्राथमिकीकरण र थप सहयोगसमेत गरी सरकारलाई बजेटरी सहयोग दिएको हो। यो रकम सरकारले नै खर्च गर्न सक्छ। 

    नेपालका लागि युरोपेली संघकी राजदूत वरोनिका कोदीले नेपाल र युरोपेली संघसँगको लामो समयदेखिको मित्रतालाई ध्यानमा राख्दै ईयूले अहिलेको संकटबाट जोखिमयुक्त समुदायमा पर्ने असर न्यूनीकरणमा सहयोग गर्ने बताइन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]