समाज

सर्वोच्च अदालतले आजदेखि रिट निवेदन दर्ता र सुनुवाई गर्ने

बैशाख १६, २०७७

    काठमाडौं : सर्वोच्च अदालतले आजदेखि रिट निवेदन दर्ता र त्यसको सुनुवाई गर्ने भएको छ। 

    कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यान दिँदै गत चैत ७ गतेदेखि सेवाप्रवाहालाई सिमीत बनाएकोमा आजदेखि रिट निवेदन दर्ता र त्यसको सुनुवाई गर्ने सर्वोच्च अदालतका सुचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए। 

    सर्वोच्च अदालतको पूर्ण बैठकले आजदेखी काम कारवाही तथा सेवा प्रवाह सुरु गर्ने निणर्य गरेबमोजिम काम सुरु हुन लागेको ढकालले जानकारी दिए।विपद्‌मा सामाजिक र भौतिक दूरी कायम गरी स्वाथ्य सुरक्षाप्रति थप सावधानी अपनाउदै काम सुरु गर्ने सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। 

    रिट निवेदनको दर्ता र सुनुवाईको क्रममा सेवाग्राही कानुन व्यवसायी तथा कर्मचारीको आवागमन र उपस्थितिमा आवश्यक नियमन, नियन्त्रण र ब्यवस्थापन गर्ने विज्ञप्तीमा जनाइएको छ। लकडाउनको अवधि लम्बिदै गएको र महामारीको पूर्ण नियन्त्रणको आँकलन गर्न नसकिने अवस्थामा संविधानप्रदत्त मौलिक हकको संरक्षण गर्दै जिम्मेवारी पुरा गर्न लागेको अदालतले जनाएको छ। त्यस्तै नेपाल बार एशोसियनले भने अदालतको यो निर्णयको विरोध जनाएको छ।   
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]