विश्व

पेन्टागनले अज्ञात उडान तस्तर (युएफओ) को द‌ृश्य सार्वजनिक गर्‍यो

बैशाख १६, २०७७

    संयुक्त राज्य अमेरिकाको पेन्टागनस्थित रक्षा विभाग मूख्यालयले पहिलोपटक अज्ञात उडान तस्तर (युएफओ) का तीनवटा भिडियोदृश्य सार्वजनिक गरेको छ। यी भिडियोहरुमा अज्ञात हवाई गतिविधी देखिएका छन्। 

    इन्फ्रारेड क्यामेराबाट खिचिएको सो दृश्यमा एक अज्ञात वाहन निकै दु्रतगतिमा हुत्तिएको देखिन्छ। दुईवटा भिडियोमा सो दृश्य खिच्ने मानिसहरुले 'कति छिटो उडेको' भनिरहेको सुन्न सकिन्छ। युएफओको दृश्य खिचिरहेका एक व्यक्तिले यसलाई 'ड्रोन हुनसक्ने' पनि भनेका छन्।

    युएफओको दृश्य सार्वजनिक भएपछि अमेरिकी नौसेनाले गत सेप्टेम्बरदेखि नै यसको वास्तविकता पुष्टि गर्न खोजिरहेको थियो।  पेन्टागनले अहिले ती भिडियो आधिकारिक रुपमै सार्वजनिक गरेको सीएनएनले जनाएको छ।

    यसअघि नै एक निजी कम्पनीले यो फुटेज सार्वजनिक गरेपनि युएफओ नै भेटिएको भन्ने आधिकारिक पुष्टि हुन सकेको थिएन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]