समाज

दाङमा यस वर्ष रासायनिक मल अभाव नहुने

बैशाख १६, २०७७

    दाङ : गत वर्ष खेतीपातीको समयमा रासायनिक मल अभाव हुँदा समस्या खेपेका दाङका किसानले यस वर्ष पर्याप्त मल खरिद गर्न पाउने भएका छन्‌। दाङमा अहिले प्राप्त मल रहेको कृषि सामग्री कम्पनीले जनाएको छ।

    दाङका तुलसीपुर, घोराही र लमहीबाट कृषि सामग्री कम्पनी लिमिटेडका शाखा र साल्ट ट्रेडिङले मल वितरण गर्दै आएको छ। तुलसीपुर शाखाले आइतबारदेखी मल वितरण गरेको शाखा प्रमुख तीर्थराज न्यौपानेले जानकारी दिएका छन्‌। उनका अनुसार जिल्लाका ८० वटा सहकारी संस्थामार्फत मल वितरण थालिएको हो। 

    तुलसीपुर उपमहानगरपालिका, बबई, दंगीशरण र शान्तीनगर गाउँपालिकाका लागि वार्षिक ३५ सय मेट्रिक टन युरिया र २५ सय मेट्रिक टन डिएपी मल आवश्यक पर्छ। न्यौपानेले भने, 'यस आर्थिक वर्षमा १५ सय मेट्रिक टन डिएपी र १८ सय मेट्रिक टन युरिया मल गाउँसम्म पुगेको छ, कार्यालयमा हाल साढे चार सय टन युरिया र करिब तीन सय टन डिएपी मल मौज्दात रहेको छ।' 

    किसानले गर्ने मागलाई मध्यनगर गरी लकडाउनको समयमा भैरवाबाट लगातार रासायनिक मल आयात गरीएको र शाखाले युरिया मल प्रतिबोरा ७७६ र डिएपीलाई २२ सय २६ रुपैयाँमा सहकारीलाई दिने गरेको न्यौपानेले जानकारी दिएका छन्‌। उनका अनुसार सहकारीहरुले किसानहरुलाई ढुवानी खर्च समेत जाडेर मल बिक्री गर्नेछन्‌। 

    ‘नेपाल सरकारल अनुदानको मल वितरण गर्ने दुईवटा संस्थालाई दिएको छ,’ उनले भने, ‘कृषिले ७० प्रतिशत र साल्टले ३० प्रतिशत रसायिनिक मल वितरण गर्ने गर्दछ।’

    लकडाउनको बेला मल पाउँदा किसानहरुलाई राहत हुने सुभास स्मृती सहकारी संस्था शान्तिनगर ५ का व्यवस्थापक तेज बहादुर केसीले बताए। यो वर्ष समय मै मल पाउँदा गत वर्ष झैं किसानले समस्या भोग्न नपर्ने उनी बताउँछन्‌।

    कृषि सामग्री कम्पनी घोराही शाखामा पनि पाँच सय टन युरिया र सोही परिमाणमा डीएपी मल मौज्दात रहेको शाखाले जनाएको छ। अहिले घोराही शाखाले किसानहरुको आवश्यकताअनुसार मल वितरण गर्ने गरेको शाखा प्रमुख विष्णु प्रसाद केसीले बताए। घोराही शाखाले घोराही उपमहानर र बंगलाचुली गाउँपालिकामा मल वितरण गर्ने उनले बताए। दाङका सबै गोदामहरु भरिभराउ भएका र साल्ट ट्रेडिङमा पनि मल रहेको भन्दै यस बर्ष मलको अभाव नहुने समेत उनले जानकारी दिए।

    ‘लकडाउन अगाडी पनि किसानहरुले मल लग्नुभएको छ,’ उनले भने, ‘अहिले जिल्लाका सबै गोदाममा मल भरिभराउ नै छ, भैरवामा पनि मल प्राप्त भएकोले यहाँ गोदाम खाली भए हामी त्यहाँबाट ल्याइहाल्छौं।’ जिल्लामा देउखुरीमा रहेको कार्यालयले लमही नगरपालिका राप्ती, राजपुर र गढवा गाउँपालिका रासायनिक मल बिक्रिवितरण गर्दै आएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]