स्थानीय निर्वाचन-२०७९

धनगढीकी संक्रमित महिलाको पाँचौं रिपोर्ट पनि पोजेटिभ

उनका देवर भने डिस्चार्ज भइसकेका छन्

बैशाख १६, २०७७

    डडेल्धुरा : धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको पाँचौं रिपोर्ट पनि पोजेटिभ आएको छ। 

    २५ दिनदेखि उपचाररत धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीया ती महिलाको पाँच पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ।

    चैत २२ गते उनमा पहिलाे पटक कोरोना भाइरस पुष्टि भएकाे थियाे। चिकित्सकहरुको सल्लाहअनुसार उनको थ्रोट स्वाब संकलन गर्दै फेरि परीक्षण गरिने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

    उनीसँगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने डिस्चार्ज भइसकेका छन्।

    लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक, धनगढी उपमहानगर ५ का ३४ वर्षीय युवक, लम्की चुहा नगरपालिका १ की ६१ वर्षीया महिला र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज भइसकेका हुन्।

    हाल सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उनको मात्रै उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। कोरोनाको रिपोर्ट पोजेटिभ देखाए पनि उनमा कुनै समस्या नदेखिएको जनाइएको छ।

    ३४ वर्षीया ती महिलामा दुबईबाट आएका उनका ३४ वर्षकै देवरबाट कोरोना सरेको आशंका गरिएको छ। उनका देवर भने निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। 

    चार कोरोना संक्रमितसहित १ सय ९ जना घर फर्किए

    सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालबाट कोरोना संक्रमित र शंकास्पद बिरामी गरी एक सय ९ जना अस्पतालबाट घर फर्किएका छन्। चार जना कोरोना संक्रमित र बाँकी एक सय पाँच जना शंकास्पद गरी अहिलेसम्म एक सय नौ जना १४ वटा अस्पतालबाट डिस्चार्ज भएका प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले  जनाएको हो।

    सेती प्रादेशिक अस्पतालबाट चार जना कोरोना संक्रमितसहित ४१ जना डिस्चार्ज भएका छन्। यसैगरी बयलपाटा अस्पताल अछामबाट १४ जना, डडेल्धुरा अस्पतालबाट १२ जना र अछाम जिल्ला अस्पतालबाट नौ जना डिस्चार्ज भएका छन्।

    महाकाली अस्पतालबाट ८, डोटी अस्पतालबाट ६, बैतडी र बाजुरा अस्पतालबाट चार/चार, भजनी प्राथमिक स्वास्थ्य केन्द्रबाट तीन, गोकुलेश्वर अस्पताल, टीकापुर अस्पताल र चौमला स्वास्थ्य चौकीबाट २/२ जना, बझाङ अस्पताल र कोल्टी स्वास्थ्य चौकीबाट एक/एक जना जना शंकास्पद बिरामीलाई डिस्चार्ज गरिएको छ।

    प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कोरोनाको आशंकामा अस्पतालको आइसोलेसनमा राखिएको तर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]