समाज

युएई सरकारले दिएका स्वास्थ्य सामग्री भोलि आइपुग्दै

बैशाख १६, २०७७

    काठमाडौं : युएई सरकारले नेपाल सरकारलाई दिएका स्वास्थ्य सामग्री भोलि काठमाडौं आइपुग्ने भएका छन्। स्वास्थ्य सामग्री बोकेको इतिहादको एयको एयरबस ३३२ ले युएई सरकारले दिएका सामग्री लिएर आउँदैछ।

    उक्त जहाज भोलि ४ बजे आएर साँझ ७ बजे फर्कने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने,'भोलि युएई सरकारले पठाएको कार्गो आउने भएको छ। यो एक देशको सरकारले अर्को देशको सरकारलाई सहयोग गर्ने भनेको नै स्वास्थ्य सामग्री हो।'

    कार्गोमा कस्तो प्रकारको स्वास्थ्य सामग्री आउदैछ त्यो अहिले थाहा नहुने उनले बताए। लकडाउन यता स्वास्थ्य सामग्रीको लागि ८ भन्दा बढी कार्गोको उडान भएको छ। चीनबाट स्वास्थ्य सामग्रीको सबैभन्दा बढि कार्गो आएको छ।

    त्यसैगरी बिरामी लिन बुद्ब एयरको विमान बिहान १० बजे बंगलादेश गएको क्षेत्रीले जानकारी दिए। उक्त जहाज आजै बंगलादेशबाट फर्किनने छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]