विश्व

यौन दुर्व्यवहार र जासुसी आराेप लागेका असान्जको सुनुवाइ स्थगित

दोषी ठहरिए १ सय ७५ वर्षको जेल सजाय

बैशाख १६, २०७७

    एजेन्सी : विकिलिक्सका संस्थापक जुलियन असान्जलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने या नगर्ने भन्ने सुनुवाइ आगामी नोभेम्बरसम्म स्थगित गरिएको छ।असान्जका वकीलहरुले कोरोनाभाइरस महामारीका बीच सुनुवाइको कार्य अघि बढाउनु ‘स्वास्थ्यका कारण खतरा’ रहेको दाबी गरेका थिए।

    असान्जलाई स्वीडेन वा संयुक्तराज्य अमेरिकामा सुपुर्दगी गर्ने वा नगर्ने विषयमा आगामी मे १८ मा सुनुवाइ आरम्भ गर्ने योजना थियो। स्वीडेनमा असान्जमाथि यौन दुर्व्यवहारको एउटा मुद्दा विचाराधीन छ भने संयुक्तराज्य अमेरिकाले असान्जमाथि जासुसीको आरोप लगाएको छ। अमेरिकामा असान्ज दोषी ठहरिए १ सय ७५ वर्षको जेल सजाय हुनेछ । 

    सुनुवाइको मिति घोषणा गर्दै बेलायतका न्यायाधीश भानिसा बाराइजरले छिटोमा आगामी नोभेम्बर २ देखि मात्र असान्जमाथिको मुद्दाको सुनुवाइ हुनेछ। यो सुनुवाइ करिब तीन साताको हुनेछ। 

    असान्जलाई गत वर्ष अप्रिलमा लन्डनस्थित इक्वेडरको राजदूतावासबाट लन्डन प्रहरीले गिरफ्तार गरेको थियो। अमेरिकाले गिरफ्तार गर्ने र आफ्नो ज्यानको सुरक्षा नभएको भन्दै असान्जले उक्त दूतावासमा झण्डै ८ वर्षदेखि आश्रय लिएका थिए। यद्यपि विकिलिक्सका संस्थापक असान्जले अमेरिकाविरुद्ध जासुसीको आरोप खण्डन गर्दै आएका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]