विश्व

नयाँ दिल्लीमा मात्रै २ सय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

लकडाउनकै कारण संक्रमण बढ्न नपाएकाे स्वास्थ्य अधिकारीकाे प्रतिक्रिया

बैशाख १६, २०७७

    एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीमा मात्र काेभिड १९ का कम्तीमा पनि २ सय जना चिकित्सकसहित स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ। दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिएका हन्। उनले नयाँ दिल्लीमा मात्र २ सय जना स्वास्थ्यकर्मी काेभिड १९ को संक्रमण भएका बताएका छन्। 

    उनले दिल्लीमा मात्र कोभिडका बिरामीको संख्या ३ हजार नाघेको उनले बताए। उनले यहाँ ३ हजार १ सय ८ जनामा यो संक्रमण देखिएको जानकारी दिए। उनले मंगलबार भने, 'यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरी २ सय जना स्वास्थ्यकर्मीमा कोभिड १९ देखिएकाे छ। उनले यहाँका अस्पतालहरुमा दिनप्रतिदिन संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको पनि बताए। 

    काेभिड १९ उपचार गर्नेभन्दा अरु अस्पतालका स्वास्थ्यकर्मीमा बढी संक्रमण 

    तर उनले दिएको जानकरीअनुसार काेभिड १९ को उपचारका लागि तोकिएका अस्पतालमा भन्दा बाहिरका अस्पतालका स्वास्थ्यकर्मीहरुमा यो संक्रमण देखिएको बताए। उनले दिल्लीको बाबु जग्जीवन राम मेमोरियल अस्पतालबाट मात्र ६० जना स्वास्थ्यकर्मीमा यो संक्रमण देखिएको जानकारी दिए। 

    दिल्लीमा मात्र ३ हजार १ सय ८ जना संक्रमित भएकोमा ८ सय ७७ जना बिरामी निको भएका छन्। हाल त्यहाँ २ हजार १ सय ७७ संक्रमित उपचाररत छन्। उनका अनुसार हिजो (साेमबार) मात्र १ सय ९० जना संक्रमित दिल्लीमा थपिएका छन्। यहाँ ५४ जनाको ज्यान गएको छ। उनका अनुसार नयाँ दिल्लीमा गएको १३ दिनमा काेभिड १९ का संक्रमितको संख्या दोब्बर हुन पुगेको छ।

    स्वास्थ्यमन्त्री जैनले भने, 'नयाँ दिल्लीमा लकडाउनका कारणले गर्दा यो रोग तीव्र गतिमा फैलिन नपाएको र लकडान नगरेको भए यहाँ यो संक्रमण अनियन्त्रित हुने थियो।'

    लकडाउन कहिलेसम्म लम्बिन्छ ?

    उनलाई सम्वाददाताहरुले लकडाउन कहिलेसम्म हुन्छ भनी सोधेको प्रश्नमा भने, 'अझ ७ दिन त बाँकी नै छ, त्यतिन्जेल हेरौँ यो संक्रमणको फैलावटको अवस्था कस्तो हुन्छ, त्यसैको आधारमा हामी आगामी दिनको बारेमा निर्णय गर्नेछौँ।' 

    हाल त्यहाँ जारी रहेको लकडाउन आगामी मे ३ सम्मका लागि रहने बताइएकाे छ। त्यसपछि के गर्ने भन्नेबारे कुनै पनि राज्य तथा केन्द्र सरकारले पनि कुनै निर्णय गरिसकेका छैनन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मात्र पनि भारतका मुख्यमन्त्रीहरुसँग यस विषयमा भिडियो कन्फ्रेन्स बैठक गरेका थिए। 

    दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पनि सो बैठकमा सहभागी थिए। मुख्यमन्त्री केजरीवाल भने दिल्लीमा यो संक्रमणको विस्तार दर निकै बढ्दै गएकोले लकडाउनको अवधि थप्नुपर्छ भन्नेमा रहेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]