समाज

बाबुरामले प्रधानमन्त्रीलाई 'भष्मासुर' भनेपछि रेडियो नेपालसँग स्पष्टीकरण

बैशाख १६, २०७७

    काठमाडौं : जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तर्वार्तामा भष्मासुर भनेपछि सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो नेपालसँग स्पष्टीकरण सोधेको छ।

    मन्त्रालयकी सहसचिव राधिका अर्यालयले हस्ताक्षर गरेको पत्र पठाएर रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई तीन दिनभित्र स्पष्टीकरण पठाउन भनिएको हो।

    'सोमबार बिहानको अन्तरसंवाद कार्यक्रममा डा. भट्टराईलाई बोलाएर जातीय विद्धेष, घृणा उब्जाएको, सत्ता कब्जा, पंगु, निरंकुश शासक र भष्मासुर जस्ता लाञ्छनायुक्त शब्द सरकारविरुद्ध प्रयोग भएको संवाद प्रत्यक्ष प्रसारण भएको पाइएको हुँदा यससम्बन्धनमा के कसो भएको हो? तीन दिनभित्र स्पष्टीकरण पेश गर्नु हुन मन्त्रीस्तरीय निर्णायनुसार अनुरोध छ', पत्रमा भनिएको छ। 

    बाबुरामले प्रयोग गरेको शब्दले बबण्डर भएपछि सोमबारे रेडियो नेपालले उक्त अन्तर्वार्ता डिलिट गरेको थियो।  सोमबार बिहान साढे ६ मा प्रत्यक्ष प्रसारित अन्तरसम्वाद कार्यक्रममा बोल्दै डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गरेका थिए। उनले त्यसक्रममा ओलीलाई र्दै भष्मासुर भनेका थिए। 

    बाबुरामले सम्वादका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले 'खसहरुको मात्रै पक्षपोषण गरे’ गरेको आरोप लगाएका थिए। उनले ‘खसमात्रै नेपाली हुन् भने झैं' ओलीले व्यवहार गरेको जिकिर गरेका थिए। 

    उनले सांसदको अपहरण गराएको तथा अध्यादेशमार्फत राष्ट्रपतिलाई पनि विवादमा तानेकाले केपी ओली नामको भष्मासुरलाई हटाउनै पर्ने अभिव्यक्ति दिएका थिए। सरकार नियन्त्रित सञ्चारमाध्यमबाट प्रधानमन्त्रीलाई नै डा. भट्टराईले गाली गरेको भन्दै रेडियो नेपालले सोमबार प्रेस विज्ञप्ति नै निकाल्नु परेको थियो। 

    रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले डा. भट्टराईले प्रधानमन्त्रीविरुद्ध प्रयोग गरेको शब्दले दुखित बनाएको उल्लेख गरेका छन्।  विज्ञप्तिमा उनी त्यतिमै रोकिएका छैनन्। प्रत्यक्ष प्रसारण भएकाले सम्पादन गर्न नसकेकोमा उनले क्षमा नै मागेका थिए। 

    'डा. भट्टराईले प्रधानमन्त्रीलाई प्रयोग गरेको भाषा र विचारले हामीलाई दु:खी तुल्याएको छ', उनले भनेका थिए, 'उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण भएकाले आवश्यक सम्पादन गर्न नसिकएको हुँदा क्षमा चाहन्छौं।' कार्कीले अब उप्रान्त रेडियो नेपालको अन्तर्वार्ताका लागि अतिथि चयन गर्दा गम्भीररुपमा सचेत हुने वाचा पनि कार्कीले गरेका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]