राजनीति

सरकारी वकिलले पनि लिन मानेनन् जनता समाजवादीको उजुरी

अहिलेसम्म मुद्दा दर्ता भइसकेको छैन : नेता झा

बैशाख १६, २०७७

    काठमाडौं : आफ्नो पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरणमा परेको भन्दै नवगठित जनता समाजवादी पार्टीका नेताहरु मंगलबार सरकारी वकिलको कार्यालय बबरमहल पुगेका छन्।

    केही दिनअघि सत्तारुढ नेकपाका सांसद्वय किसानसिंह श्रेष्ठ, महेश बस्‍नेत र पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल जनकपुरमै पुगेर तत्कालीन समाजवादी पार्टीका सांसद यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको भन्दै जनता नेताहरु सरकारी वकिलको कार्यालय पुगेका हुन्।

    यसअघि महानगरीय प्रहरी परिसर टेकुले उजुरी लिन नमानेपछि उनीहरु मंगलबार सरकारी वकिलको कार्यालयमा पुगेका हुन्। सरकारी वकिलको कार्यालयले पनि अहिलेसम्म मुद्दा दर्ता नगरेको नेता केशव झाले जानकारी दिएका छन्।

    उजुरी दिन सांसद यादवसहित पार्टीका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, सरतसिंह भण्डारी, राजेन्द्र श्रेष्ठ लगायत अहिले सरकारी वकिलको कार्यालयमा रहेका छन्।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]