राजनीति

ओली-दाहाल भेटवार्ता सकियो, सचिवालय बैठक अनिश्‍चित

दुवैजना आफ्नै अडानमा

बैशाख १६, २०७७

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार दिउँसो बालुवाटारमा भेटवार्ता भएको छ।

    पार्टीमा चर्किएको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले बोलाएपछि अध्यक्ष दाहाल बालुवटार पुगेका थिए। बालुवाटारमा दुई नेताबीच करिब २ घण्टासम्म संवाद भएको थियो। 

    संवादका क्रममा दुई नेताले एकअर्कालाई लचिलो हुन आग्रह गरेका थिए। माधवकुमार नेपाल र प्रचण्ड समूहले ओलीविरुद्ध हस्ताक्षर अभियान चलाइरहेकै बेला दुई नेताबीच भेतवार्ता भएको हो। 

    भेटवार्ताका क्रममा दुई अध्यक्षबीच विवादको गाँठो फुकाउन विकल्पबारे कुरा भएको थियो। स्रोतका अनुसार ओलीले प्रचण्डलाई अहिले देखिएको विवाद आपसी सहमतिमै टुंग्याउन प्रस्ताव गरेका थिए। उनले अहिले देखिएको विवादलाई दुई नेताबीचको सहमतिमा टुंग्याउन सकिने भएकाले अहिले कुनै पनि बैठक जरुरी नपर्ने मत ओलीको थियो।

    त्यस्तै अर्का अध्यक्ष प्रचण्डले भने अहिले पार्टीमा देखिएको विवाद समाधानका लागि तत्कालै सचिवालय बैठक बस्नुपर्ने अडान लिएका थिए। दाहालले सचिवालय बसेपछि स्थायी कमिटी डाकेर त्यहीँबाट अहिलेको विवाद निरुपणको बाटोमा अघि बढ्नुपर्ने मत राखेका थिए।

    ‘उहाँहरु (दाहाल, ओली) बी अहिलेको समसामयिक विषयमा कुराकानी भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले थाहाखबरसँग भने, ‘तर सचिवालय बैठक बस्नेबारेमा मलाई केही जानकारी आएको छैन। दुई अध्यक्षबीच छलफल भएकाले बैठक बस्न सक्छ।’

    हस्ताक्षर अभियानले अड्कियो

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नेपाल–दाहाल समूहले हस्ताक्षर अभियान सुरु गरेपछि विवादले नयाँ रुप लिएको छ। 

    आफूविरुद्ध हस्ताक्षर अभियान सुरु भएको जानकारी पाएपछि ओली सशंकति भएका छन्। पूर्वमाओवादी समूहका हरिबोल गजुरेलसहितले हस्ताक्षर अभियान चलाएपछि ओलीले सचिवालय बैठकसमेत रोकेका छन्। 

    दाहालसँगको छलफललगत्तै सचिवालय बस्ने तयारी थियो। तर अब सचिवालय पनि अनिश्चित भएको छ। यसबीचमा दाहाल, नेपाल र ओली समूहबीच सघन सम्वाद पनि जारी छ। 

    नेपाल–दाहाल समूले एक व्यक्ति, एक पदको अडान राख्दै आएका छन्। नेपाल समूहले सोमबारको वार्तामा ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाडेमा सहमति हुने बताएको छ। 

    तर, ओलीले नेकपामा तीन अध्यक्ष राखेर पनि अघि बढ्न सकिने बताउँदै आएको छ। नेपाल–ओली समूहको वार्तामा संघीय सरकारका केही मन्त्री र प्रदेशका केही मुख्यमन्त्री फेर्ने विषयमा पनि छलफल भएको थियो। तर छलफलले अझै पूर्णता पाएको छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]