समाज : सुरक्षा/अपराध

सिसी क्यामेरासमेत चोरी, चोरले प्राेजेक्टर पनि फुटाइदिए

बैशाख १६, २०७७

    ओखलढुंगा : सिद्धिचरण नगरपालिका २ स्थित रक्तमाला आधारभूत विद्यालयमा सिसि क्यामेरा चोरी भएको छ। विद्यालयमा जोड्न तयार गरेर राखिएका सिसी क्यामेरा, शैक्षिक सामग्री, खेलकुद सामग्रीलगायत शिक्षण सामग्री चोरी भएका हुन्।

    पठनपाठनमा प्रयोग गरिँदै आएको विद्यालयको प्रोजेक्टर पनि चाेरले फुटाइदिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख रुपेश खड्काले बताए। गएराति भएको घटनामा शैक्षिक सामग्री चोरीका साथै विद्यालयको बालकक्षा र प्रशासनिक कक्षा पनि चोरले तोडफोड गरेको विद्यालय व्यवस्थापन अध्यक्ष जीवन कट्वालले जानकारी दिए। 

    गएराति नै सोही विद्यालय आपसमा रहेका सुमन खत्री र वीरबहादुर कार्कीको किराना पसलसमेत चोरी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 
    त्यसैगरी गएराति नै ओखलढुंगा सदरमुकामस्थित चन्द्र सुनचाँदी पसलसमेत चोरी भएको थियो। पसलबाट चोरले एक सय तोला चाँदी र १५ हजार बराबरको पोते चोरेका थिए। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]