स्थानीय निर्वाचन-२०७९

५५ हजारमा कोरोना परीक्षण, पीसीआर विधिबाट १० हजार मात्रै

बैशाख १६, २०७७

    काठमाडौं : मुलुकभर हालसम्म ५५ हजारवटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारसम्म पीसीआर विधिमार्फत १० हजार ८ सय ७ र आरडिटीविधिमार्फत ४४ हजार १९ वटा गरी कुल ५४ हजार ८ सय २६ वटा परीक्षण गरिएको जनाएको हो।

    म‌गलबार मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मात्र १ हजार १ सय ९३ वटा नयाँ नमुना परीक्षण गरिएको जानकारी दिएका छन्।

    उनका अनुसार सबैभन्दा बढी सुदूरपश्‍चिम प्रदेशमा १२ हजार २ सय ८३ वटा परीक्षण भएका छन्। त्यसपछि बागमती प्रदेशमा ८ हजार १४ वटा परीक्षण गरिएको छ।

    सबैभन्दा कम प्रदेश नम्बर १ मा ४ हजार ८ सय २८ वटा परीक्षण मात्र गरिएको छ। प्रदेश १ कै तुलनामा गण्डकी प्रदेशमा ४ हजार ९ सय ३६ वटा परीक्षण भएको छ।

    त्यस्तै, प्रदेश नम्बर २ मा ५ हजार २ सय ४९, प्रदेश नम्बर ५ मा ५ हजार ३ सय २८ र कर्णाली प्रदेशमा ५ हजार १ सय ८१ वटा परीक्षण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]